ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बुद्ध एयरले दुईओटा एटीआर जहाज ल्याउँदै

२०७७ माघ, ९  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणकै बीच निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले दुईओटा एटीआर–७२–५०० जहाज ल्याउँदै छ ।

बन्दाबन्दी र निषेधाज्ञापछि नेपालमा उडान खुला गरेको १०० दिनमै उल्लेख्य यात्रुलाई सेवा दिएको सो कम्पनीले शुक्रवार (आज) एउटा विमान भिœयाउँदै छ । अर्को विमान ३ महीनाभित्र ल्याउने तयारी गरेको छ ।

सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान खुला गरेयताका १०० दिनमा नै ३ लाख ७५ हजार यात्रुलाई बुद्ध एयरले सेवा दिएको थियो । यो अवधिमा यात्रुकै विश्वासले उल्लेख्य उडान गर्न सफल भएकाले हालकै गन्तव्यमा थप उडान गर्न जहाज थप गरिएको कम्पनीका बजार तथा विक्री निर्देशक रूपेश जोशीले जानकारी दिए ।

‘बन्दाबन्दीपछि जुन किसिमले यात्रु संख्या बढेको छ, यसलाई नै अवसरका रूपमा लिएर जहाज थपेका हौं,’ जोशीले भने, ‘जहाज थपिएसँगै बुद्धले दिने सेवा थप छिटोछरितो र समयमै गन्तव्यमा पुग्ने वातावरण बन्नेछ ।’ हाल उडान गर्दै आएकै गन्तव्यमा नै ती जहाजबाट सेवा दिने उनको भनाइ छ ।

कम्पनीले मङ्सिर २० गतेबाट माउन्टेन प्mलाइट (पर्वतीय उडान) पनि शुरू गरेको छ । कोभिड–१९ का कारण लामो समयसम्म बन्द रहेको हवाई उडान तथा व्यवसायलाई लयमा फर्काउन भए पनि सस्तो टिकटमा पर्वतीय उडान शुरू गरेको कम्पनीको भनाइ छ । यसबीचमा हवाई इन्धनको मूल्य पनि घटेको हुँदा कम्पनीले पर्वतीय उडानका साथै नियमित उडानसमेत सहुलियत मूल्यमै गराउन सकेको जोशीले बताए । यी दुईओटा जहाज आएसँगै बुद्ध एयरको जहाज संख्या १५ पुग्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्