ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एकीकृत भन्सार जाँच चौकी विराटनगरद्वारा ६ महीनामा १८ अर्ब राजस्व संकलन      

२०७७ माघ, ९  
प्रदेश ०१
Image Not Found

माघ ९, विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालू आर्थिक वर्षको छ महीनाको अवधिमा कुल १८ अर्ब ३ करोड २६ लाख २१ हजार रुपियाँ राजस्व संकलन गरेको छ । सो अवधिमा भन्सारले २३ अर्ब ६ करोड ८३ लाख ६६ हजार रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।     
     
कार्यालयले लक्ष्यमा ५ अर्ब ३ करोड ५७ लाख ४५ हजार रुपियाँ कम संकलन गरी समग्रमा ७८ दशमलव १७ प्रतिशत प्रगति गरेको बताएको छ । गएको वर्षमा सो अवधिमा २६ अर्ब ५ लाख ८५ हजार रुपियाँ राजस्व संकलन गर्ने लक्ष्यमा १५ अर्ब ८५ करोड ६१ लाख १५ रुपियाँ  राजस्व संकलन गरेको थियो । सो अवधिमा कार्यालयले लक्ष्यमा ९ अर्ब ८१ करोड २८ लाख ३६ हजार रुपिया  राजस्व रकम संकलन गरी ६१ दशमलव ७७ प्रतिशत प्रगति गरेको थियो ।     
     
चालू आवमा गएको वर्षमा सो अवधिमा संकलित राजस्वभन्दा २ अर्ब १७ करोड ६५ लाख ६ हजार रुपियाँले बढी राजस्व संकलन भएको कार्यालयका प्रवक्ता सन्तोष यादवले जानकारी दिए । उनले गएको वर्षभन्दा यस वर्ष सो अवधिमा विभागले विभिन्न शीर्षकमा कुल २ अर्ब ६० करोड ५ लाख ८५ हजार रुपियाँ कम गरेर साउनदेखि पुससम्मको २३ अर्ब ६ करोड ८३ लाख ६६ हजार रुपियाँ लक्ष्य दिएको जानकारी दिए।     
     
कोरोनाको महामारीका कारण आयात निर्यातमा आएको उतारचढावका कारण भन्सार राजस्व पनि प्रभावित भएकाले लक्ष्यअनुसार राजस्व संकलन नभएको भन्सार प्रमुख शिवकुमार भण्डारीले जानकारी दिए । उनले विगतमा सो अवधिमा राजश्व सङ्कलन गर्ने लक्ष्यको चालू आवमा लक्ष्य घटाए पनि प्रगति हासिल गर्न नसक्नुको प्रमुख कारण कोरोनाको महामारीले व्यपार व्यवसायमा आएको प्रभाव नै भएको बताए ।    
     
कार्यालयले चालू आवको साउनमा २ अर्ब २४ करोड ५६ लाख १४ हजा रुपियाँ र, भदौमा २ अर्ब ५६ करोड ९६ लाख ९८ हजार रुपियाँ, असोजमा ३ अर्ब ३४ करोड ४ लाख ४१ हजार रुपियाँ, कात्तिकमा ३ अर्ब ४ करोड ४२ हजार रुपियाँ, मङ्सिरमा ३ अर्ब १३ करोड ४० लाख ४२ हजार रुपियाँ र पुसमा ३ अर्ब ७० करोड २७ लाख ४२ हजार रुपियाँ राजस्वक संकलन गरेको छ ।

कार्यालयले साउनमा १०२ दशमलव ७५ प्रतिशत प्रगति हासिल गरे पनि त्यसपछिका महीनामा क्रमशः ७९ दशमलव ५२, ७२ दशमलव ७०, ८३ दशमलव नौ, ६५ दशमलव ८३ र पुसमा ७९ दशमलव ८६ प्रतिशत प्रगति गरेको बताएको छ । रासस 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्