ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनएमबि क्यापिटल अन्तर्गत सञ्चालित दुवै योजनाको एनएभी बढ्यो

२०७७ माघ, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ ९, काठमाडौं । पुस मसान्तसम्म एनएमबि क्यापिटल अन्तर्गत सञ्चालित दुवै योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (एनएभी) वृद्धि भएको छ । 

एनएमबि फिप्टी र एनएमबि हाइब्रिड फण्ड एल १ को एनएभीमा वृद्धि भएको हो । एनएमबि हाइब्रिड फण्ड एल १ को एनएभि मंसिर मसान्तमा रू. १२ दशमलव ९१ रहेकोमा पुसमसान्तसम्ममा वृद्धि भएर रू. १३ दशमलव ७२ पुगेको छ । 

त्यस्तै, एनएमबि फिप्टीको पुस मसान्तसम्ममा एनएभी रू. १४ दशमलव ६५ पुगेको छ । यस योजनाको मंसिर मसान्तमा एनएभी रू. १३ दशमलव ४५ थियो । एनएभीमा वृद्धि भएसँगै दुवै योजनाको नाफामा पनि वृद्धि भएको छ । 

एनएमबि फिप्टीले पुस मसान्तसम्ममा रू. ५३ करोड ४ लाख ३६ हजार नाफा कमाएको छ । यो नाफा मंसिर मसान्तमा रू. ३८ करोड ७ लाख २ हजार थियो ।

त्यसैगरी एनएमबि हाईब्रिड फण्ड एल १ ले पुस मसान्त सम्ममा रू. ३० करोड ४० लाख नाफा कमाएको छ । योजनाले मंसिर मसान्तमा रू. २२ करोड ३१ लाख ९५ हजार नाफा कमाएको थियो ।  

यस योजनाले पुस महीनामा सूचीकृत तथा सूचीकृत नभएको शेयर तथा डिबेञ्चरमा गरेको लगानीको लागत मूल्य रू. ८२ करोड ७ लाख ९९ हजार रहेकोमा यसको बजारमूल्य १ अर्ब १ करोड १ लाख पुगेको छ ।

त्यसैगरी एनएमबी फिप्टीको पुस मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएको शेयर तथा डिबेञ्चरमा गरेको लगानीको लागत मूल्य रू. १ अर्ब ३ करोड ८० लाख ४३ हजार रहेकोमा यसको बजार मूल्य रू. १ अर्ब ४९ करोड ६१ लाख पुगेको हो । 

यी दुवै योजनाको लागत मूल्यभन्दा बजार मूल्य बढी रहेको छ । पछिल्लो समय शेयर बजार बढिरहेको छ । बजार बढे सँगै यी दुवै योजनाले पुस महीनामा लगानी गरेको कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै नाफा र एनएभीमा वृद्धि भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्