माघ ९, काठमाडौं । सिटी एक्सप्रेस फाइनान्स कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानीमा वृद्धि भएको छ ।
कम्पनी गत आवको दोस्रो त्रैमासमा रू. ५ लाख ३२ हजार नोक्सानीमा रहेकोमा चालू आवको सोही अवधिमा नोक्सानी वृद्धि भएर रू. ३७ लाख ९० हजार पुगेको हो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी घटेकाले कम्पनीको खर्चमा वृद्धि भई सञ्चालन नाफामा ऋणात्मक रहेकाले कमपनीको नोक्सानी
बढेको हो । यस कम्पनीाई नेपाल इन्भेष्टमेण्ट बैंकले प्राप्ति गरी माघ ११ गतेदेखि एकीकृत कारोबार शुरु गर्न लागेको छ ।
चुक्तापूँजी रू. ४० करोड रहेको छ । जगेडा कोषमा कम्पनीले रू. ११ करोड ५ लाख ९१ हजार सञ्चिती गरेको हो । कम्पनीले नोक्सानी व्यहोरेसँगै प्रतिशेयर आम्दानी पनि रू.(शून्य दशमलव ९५) रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ रू. ६५ दशमलव ७५ र तरलता अनुपात ८ दशमलव ५१ प्रतिशत रहेको छ ।