माघ ९, काठमाडौं । आईपीओ ल्याउने तयारीमा रहेको महिला लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २ दशमलव ५ गुणा वृद्धि भएको हो ।
कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. २ करोड ९ लाख ५८ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ४३ लाख ७९ हजार पुगेको हो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफामा वृद्धि भएकाले र रू. २ करोड २ लाख ३६ हजारभन्दा बढी खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफामा वृद्धि भएको हो ।
कम्पनीले ४ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बार्डमा मंसिर ३ गते निवेदन दिएको छ ।
विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड रहेको छ । कम्पनीको चुक्तापूँजी रू. ६ करोड रहेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले जगेडा कोषमा रू. १८ करोड २४ लाख सञ्चित गरेको छ ।