माथिल्लो मनाङ जोड्ने मनाङ ङिस्याङ गाउँपालिकाअन्तर्गत करीब रू. दुई करोडको लगानीमा निर्माण हुन लागेको सब्जे खोलाको मोटरेबल पुल । बेसिशहर मनाङ सडक खन्डमा पर्ने खोलाहरुमा गत पाँच वर्षदेखि पुल निर्माणको जिम्मा लिएको द क्याराभान कन्सलटेन्सीले अझै काम सम्पन्न गरेको छैन । यस कम्पनीले मनाङ जिल्लामा पाँचओटा मोटर पुलको जिम्मा लिएकोमा तीनओटा पुल निर्माण गरेको छ । तस्वीरः रासस