ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दोर्दी खोला जलविद्युतको साधारण सभाको मिति परिवर्तन

२०७७ माघ, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ १०, काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको साधारण सभाको मिति परिवर्तन भएको छ । कम्पनीले माघ ९ गतेको लागि बोलाएको साधारण सभा गणपूरक संख्या नपुगेको कारण माघ २६ गतेका लागि पुनः बोलाएको छ । कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निणय गरेको हो । 

सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे भर्चुअलमाध्यमबाट हुने कम्पनीले जानकारी दिएको छ । सभामा भाग लिन शेयरधनीहरुलाई जुम आइडी र पासकोर्ड कम्पनीले उपलब्ध गराउने बताएको छ ।  

साधारण सभाको विशेष प्रस्तावमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने र सो निष्कासनबाट प्राप्त हुने रकम उपयोगको प्रस्ताव अनुमोदन गर्ने, दोर्दी १ जलविद्युत आयोजनाको लागि थप ऋण लिने प्रस्ताव अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावीमा संशोधन गर्ने रहेको छ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका पुस १२ गतेदेखि बन्द रहेको छ । पुस २१ गते सम्मका कायम शेयरधनीहरु सभामा भाग लिन योग्य हुनेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्