ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सव सम्पन्न

२०७७ माघ, १०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

माघ १०, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६औं वार्षिकोत्सव  भर्चुअल माध्यमबाट शनिवार सम्पन्न भएको छ । 

सो अवसरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकप्रति आम नागरिकको भरोसा, विश्वास रहेको बताए  । उनले बैंकले आगामी दिनमा प्रविधिको मार्फत दिइने बैंकिङ्ग सेवाले आम नागरिकमा लाभ पुग्ने गरी ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने बताए । 

सो अवसरमा उनले बैंकले संचालनमा ल्याएको पाँच ओटा शाखा कार्यालयहरु र पाँच ओटा एक्टेन्सन काउन्टरहरुको एकसाथ भर्चुअल माध्यमबाट उद्घाटन समेत गरेका छन् । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा धेरै कदमहरु चालिएकाले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधारभई उत्पादकत्व बढेको बताए ।  

बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माले निक्षेपकर्ता र आम नागरिकको हितमा रही सामाजिक बैंकिङ्ग सहितको ग्राहकमत्री सेवामा बैंकले जोड दिंदै आएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै बैंकले डिजिटल सेवालाई जोड दिइरहेको बताए । उनले विसं २०७७ पुस मसान्तसम्म बैंकले २ खर्ब ४२ अर्ब रुपियाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपियाँ कर्जा लगानी गरेको बताए । 

विसं २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ स्थापना भएको उक्त बैंक सातै ओटा प्रदेशमा ७७ ओटै जिल्लामा पुग्ने पहिलो बाणिज्य बैंक हो । हाल देशभर बैंकका २४५ ओटा शाखा कार्यालय, २०५ ओटा एटीएम, ३८ स्थानमा एक्सटेन्सन काउण्टर, ९३ ओटा स्थानमा शाखारहित बैंकिंग सेवा संचालनमा रहेका छन् ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्