ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सातामा हालसम्मकै उच्च अंकमा पुग्यो नेप्से, शीर्ष १० ओटामा रहेका कम्पनीको यस्तो छ विवरण        

२०७७ माघ, १०  
लगानी
Image Not Found

माघ १०, काठमाडौंं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार उकालो लाग्दा बजार पूँजीकरणमा पनि उल्लेख्य सुधार भएको छ ।

यस साता नेप्से दुई हजार ३७४ दशमलव ६४ मा पुगेको छ । यो हालसम्मकै उच्च अङ्क हो । नेप्से लगाताार उकालो लागेका कारण बजार पूँजीकरण पनि झण्डै ३२ खर्ब रुपियाँको हाराहारीमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार कुल बजार पूँजीकरण  ३१ खर्ब ८९ अर्ब ९५ करोड ७३ लाख ५० हजार रुपियाँ बराबर पुगेको छ । यो झण्डै मुलुकको कुल ग्राहस्थ उत्पादनको हाराहारी हो । हाल नेपालको कुल ग्राहस्थ उत्पादन  ३७ खर्ब ६७ अर्ब रुपियाँ बराबर रहेको छ ।     
     
नेप्सेको विवरणअनुसार यस साता बजार पूँजीकरणका आधारमा विभिन्न १० ओटा कम्पनी शीर्षस्थानमा रहेको छ । त्यसमा पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । दुई  ओटा बीमा कम्पनी, छ ओटा ‘क’ वर्गका वाणिज्य बैंक र एक  ओटा उत्पादनमूलक समूहको कम्पनीले शीर्ष १० स्थान ओगटेका छन् ।     
     
बिहीवारको कारोबाररअनुसार नेपाल दूरसञ्चार कम्पनीको प्रतिकित्ता शेयर मूल्य १ हजार ३४० रुपियाँ रहेको छ । नेप्सेमा सो कम्पनीको कुल १ करोड ५० लाख कित्ता शेयर सूचीकरण भएको छ । सो कम्पनीको कुल बजार पूँजीकरण २ खर्ब १ अर्ब रुपियाँ बराबर पुगेको छ ।     
     
यस्तै दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीको नेप्सेमा कुल ५ करोड ४९ लाख ६१ हजार ६०८ कित्ता शेयर सूचीकृत छ । कम्पनीको कुल बजार पूँजीकरण १ खर्ब ५९ अर्ब ८२ करोड ८३ लाख ५६ हजार रहेको छ ।     
     
तेस्रो नम्बरमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । नेपालको शेयर बजारलाई विस्तारित गर्न सहयोग पु¥याएको त्यस कम्पनीको दोस्रो बजारमा कुल १० करोड कित्ता शेयर सूचीकृत छ । बिहीवारको कारोवारका आधारमा सो कम्पनीको शेयर प्रतिकित्ता १ हजार ५१५ रुपियाँमा खरीदविक्री भए । सो कम्पनीको कुल बजार पूँजीकरण १ खर्ब ५१ अर्ब ५० करोड रुपियाँ बराबर रहेको छ ।     
     
चौथो नम्बरमा वाणिज्य बैंकका तर्फबाट नबिल बैंक छ । प्रतिकित्ता १ हजार १०९ रुपिया पुगेको त्यस  कम्पनीको दोस्रो बजारमा कुल १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता शेयर सूचीकृत छ । कम्पनीको कूल बजार पूँजीकरण १ खर्ब ४९ अर्ब ४९ करोड ४९ लाख ५६ हजार ६५६ रुपियाँ रहेको छ ।     
     
बजार पूँजीकरणका आधारमा पाँचौं नम्बरमा छ, नागरिक लगानी कोष । प्रतिकित्ता ३ हजार ४४६ रुपियाँ पुगेको कोषको दोस्रो बजारमा दुई करोड ९९ लाख ९९ हजार ३१० कित्ता शेयर सूचीकृत छ । कोषको कुल बजार पूँजीकरण १ खर्ब ३ अर्ब ३७ करोड ७६ लाख २२ हजार २६० रुपियाँ रहेको छ ।     
     
नेप्सेका अनुसार छैटौं नम्बरमा छ, एनआर्इसी एशिया बैंक । बिहीवारको कारोबारका आधारमा सो कम्पनीको शेयर प्रतिकित्ता  ८८७ रुपियाँ पुगेको छ । दोस्रो बजारमा कुल ११ करोड ५६ लाख ४० हजार ५६ कित्ता शेयर सूचीकृत भएको त्यस कम्पनीको कुल बजार पूँजीकरण १ खर्ब २ अर्ब ५७ करोड २७ लाख २९ हजार ६७२ रुपियाँ पुगेको छ ।     
     
सातौं नम्बरमा छ, नेपाल इन्भेस्टमेन्ट बैंक । वाणिज्य बैंक समूहको त्यस कम्पनी पनि लामो समयदेखि शीर्षस्थानमा रहँदै आएको छ । कुल १६ करोड १० लाख १३ हजार १८४ कित्ता शेयर सूचीकरण भएको सो कम्पनीको कुल बजार पूँजीकरण  ७६ अर्ब ९६ करोड ४३ लाख १ हजार ९५२ रुपियाँ रहेको छ । बजार पूँजीकरणका आधारमा ग्लोबल आइएमई बैंक आठौँ नम्बरमा छ । सो कम्पनीको कुल बजार पूँजीकरण  ७१ अर्ब ८१ करोड ९९ लाख ७ हजार ९६८ रुपियाँ रहेको छ ।     
     
यस्तै नवौं नम्बरमा छ, एभरेष्ट बैंक । सो कम्पनीको ७१ अर्ब ५९ करोड ४४ लाख २० हजार २४० रुपियाँ बराबरको बजार पूँजीकरण छ । नेप्सेका अनुसार १०औं नम्बरमा छ, उत्पादनमूलक कम्पनीका तर्फबाट शिवम् सिमेन्ट । सो कम्पनीको कुल बजार पूँजीकरण  ७१ अर्ब ५४ करोड ४० लाख  रुपियाँ बराबर रहेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्