ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कार्बन नियन्त्रण प्रविधिलाई १० करोड डलर अनुदान दिँदै मस्क

२०७७ माघ, १०  
अन्तरराष्ट्रिय
Image Not Found

माघ १०, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले कार्बन नियन्त्रण गर्ने प्रविधिमध्ये सबैभन्दा उत्कृष्ट प्रविधिलाई १० करोड डलर अनुदान दिने घोषणा गरेका छन् । मस्कले बिहीवार ट्विटरमा यस्तो घोषणा गरेका हुन् । 

विश्वको सबैभन्दा धनी बनेको दुई सातापछि मस्कको यस्तो घोषणा सार्वजनिक भएको हो । मस्कको सम्पत्ति दुई खर्ब डलरमाथि छ । यससम्बन्धी विस्तृत जानकारी आगामी साता सार्वजनिक गर्ने बताइएको छ ।

औद्योगिक क्रान्ति शुरु भएयता विश्वमा कार्बन डाइ अक्साइड उत्सर्जन बढेको छ । यसका कारण जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिलगायत समस्याहरु बढेको छ । यी समस्या समाधान गर्न कार्बन उत्सर्जन कटौतीको लक्ष्य तय गर्नेदेखि कार्बन शुद्धीकरण गर्ने प्रविधिहरुको विकास समेत भएका छन् । 

तर यस्ता प्रविधिहरुबाट हुने शुद्धीकरण उत्सर्जनको तुलनामा निकै न्यून छ । उत्कृष्ट खालको प्रविधि विकास भयो भने जलवायु संकटको समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ । सामाजिक सञ्जालमा मस्कको पछिल्लो ट्विट भाइरल बनेको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्