ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मेक्सद्वारा थप तीन कृषि उपजका

२०७७ माघ, ११  
१० वर्ष अघि
NA

मर्कन्टाइल एक्सचेन्ज नेपाल (मेक्स) ले गत सोमबारदेखि थप ३ कृषि उपजको कारोबार सुरु गरेको छ । अब मेक्समा कारोबार हुने वस्तुहरूको संख्या १४ पुगेको छ । थप गरिएका वस्तुहरूमा कोका, चिनी र मकै छन्  । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मेक्सले सो कुरा जानकारी दिएको हो । मेक्सले खासगरी अन्तर्राष्ट्रिय बजारमा आधारित वस्तुहरू सुन, चाँदी, तामा, कच्चा तेल आदि कारोबार गर्दै आएको छ । नेपालको कृषि प्रणालीलाई व्यवसायीकरण गर्न सघाउने उद्देश्यले कृषिजन्य वस्तुहरूको कारोबार सुरु गरेको मेक्सका प्रबध निर्देशक दीपेन्द्र खतिवडाले अभियानलाई बताए । नेपालमै उत्पादित अन्य वस्तुहरूको कारोबार पनि क्रमिक रूपमा सुरु गरिने उनले जानकारी दिए ।

कारोबार थप गरिएका  वस्तुहरूमध्ये विभिन्न स्वादका चकलेट उत्पादनमा प्रयोग हुने कोका अफ्रिका तथा दक्षिण अमेरिकाको उत्पादन हो । त्यसैगरी चिनी पूर्णप्रशोधित नभएर अर्धप्रशोधित वा ग्रेडिङ गर्नुपूर्वको मात्रै भएको बताइएको छ । मकै भने पूर्णरूपमै नेपालमा उत्पादित हुने बताइएको छ । मकै र चिनीको मूल्य स्थानीय बजारमा आधारित हुनेछ भने कोका अन्तर्राष्ट्रिय उत्पादन भएकाले यसको मूल्य अन्तर्राष्ट्रिय बजारमै भर पर्ने खतिवडाले बताए ।

अंक  ३८, २०६७, जेठ १०–१६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्