ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हिरो मोटोकर्पलाई विश्वकै ठूलो टु ह्विलर निर्माताको उपाधि

२०७७ माघ, ११  
बजार
NA

काठमाडौं, (अस) । हिरो मोटोकर्प सबैभन्दा बढी मोटरसाइकल उत्पादन विश्वकै पहिलो भारतीय अटोमोटिभ कम्पनी बनेको छ । कम्पनीले आगामी पाँच वर्षसम्म प्रिमियम मोटरसाइकलको शृंखलासहित हरेक वर्ष दसभन्दा बढी उत्पादन बजारमा ल्याइने बताएको छ ।

यो महत्वपूर्ण कोशेढुंगा भारत र हिरोको ब्रान्ड अपिलमा अन्तर्निहित क्षमताको पनि पुष्टि भएको कम्पनीको भनाइ छ । ‘गतिशीतला मोबिलिटीको भविष्य बन्ने’ दृष्टिकोणसहित कम्पनीले आगामी पाँच वर्षमा उपस्थितिलाई विश्वव्यापी विस्तार गर्नुका साथै नयाँ मोटरसाइकल र स्कुटरको उत्पादन सुरु गर्ने भएको छ ।

साथै, अनुसन्धान र विकास लगानी जारी राखेर मोबिलिटीका नयाँ उपायमा केन्द्रित हुने हिरो मोटोकर्पका प्रमुख कार्यकारी अधिकृत डा. पवन मुञ्जेलले जानकारी दिए । हिरो मोटाकर्पले आफ्नो कुल सञ्चित उत्पादनमा १०० मिलियन (१० करोड) इकाइको महत्वपूर्ण कोशेढुंगा पार गरेको उनले बताए  ।

यसै अवसरमा १०० मिलियन बाइक, एक्सट्रिम १६०आर उत्तराखण्डको हरिद्वारमा कम्पनीको निर्माण संयन्त्रबाट सार्वजनिक गरिएको छ । हिरो मोटोकर्पले विश्वको सबैभन्दा ठूलो टु ह्विलर निर्माताको उपाधि कायम गरेको यो लगातार २० औं वर्ष हो

हिरो मोटोकर्पले आफ्नोे बिक्री, अनुसन्धान र विकास र निर्माणको पारिस्थितिक प्रणालीसँग आर्थिक गुणकको रूपमा काम गरिरहेको छ । यसै अवसर पारेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. पवन मुञ्जेलले नयाँ दिल्लीको गुडगाउँस्थित कम्पनीको निर्माण संयन्त्रमा ६ वटा नयाँ  विशेष उत्सव संस्करण मोडलको अनावरण गरे  । यी संस्करणमा मोटरसाइकलतर्फ स्प्लेन्डर प्लसं, एक्सट्रिम १६०आर, प्यासन प्रो, ग्लामर तथा स्कुटरतर्फ डेस्टिनी १२५, मास्ट्रो एज ११० सामेल छन्, जुन २०२१ को फेब्रुअरीदेखि बिक्री हुनेछ । कम्पनीले आगामी पाँच वर्षभित्र विश्वव्यापी उपस्थिति विस्तार गर्ने, सान्दर्भिक उत्पादन बजारमा ल्याउने र इनोभेटिभ उत्पादनका अवधारणामा पनि काम गर्ने लक्ष्य राखेको डा. मुञ्जेलले बताए । कम्पनीले आगामी पञ्चवर्षीय योजनाको हिस्साका रूपमा हरेक वर्ष १० भन्दा बढी उत्पादन भेरियन्ट्स ल्याउनेछ । नयाँ दिल्लीमा केन्द्रीय कार्यालय रहेको हिरो मोटोकर्पले हाल एसिया, अफ्रिका, मध्यपूर्व र दक्षिण र मध्य अमेरिकाभरि ४० भन्दा बढी देशमा आफ्ना उत्पादन बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्