माघ ११, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । स्थानिय बजारमा आइतवार सुनको भाउ रू. ३०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ६०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ९०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. ३०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै, आइतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रवार प्रतितोला रू. एक हजार २६० मा कारोबार भएको चाँदी आइतवार पनि सेही मूल्यमा खरीदविक्री भइरहेको छ ।