ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो घण्टामा ५३.९० अंकले बढ्यो नेप्से परिसूचक (१२.१५ बजेको अपडेट)

२०७७ माघ, ११  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

माघ ११, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ५३ दशमलव ९० अंकले बढेर २ हजार ४२८ दशमलव ५४ विन्दुमा पुगेको छ ।   
    
२ हजार ३९६ दशमलव ७५ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २ दशमलव २७ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा १९७ ओटा कम्पनीको २७ हजार ९९९ पटकको कारोबारमा ५९ लाख १५ हजार ६१० कित्ता शेयरको रू. ३ अर्ब ३५ करोड ४० लाख बराबरको खरीदविक्री भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।

यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २१ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ८८५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्