माघ ११, काठमाडौं । आइतवार कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ५२ दशमलव ६९ अंकले बढेर २ हजार ४२७ दशमलव ३३ विन्दुमा पुगेको छ ।
२ दशमलव २२ प्रतिशतले बढेको बजारमा २०७ ओटा कम्पनीको रू. ६ अर्ब ९२ करोड ४५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारको तेस्रो घण्टामा मिथिला लघुवित्त, पोखरा फाइनान्स र गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतका दरले बढेको छ ।
यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४७ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ८६० मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ५६८ मा रू. २५ करोड ५४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार र म्युचुअल फण्ड समूहको परिसूचक २ दशमलव ७ र शून्य दशमलव १५ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।