माघ ११, काठमाडौं । नेपालमा पहिलो पटक अन्लाइन टु अफ्लाइन (ओ टु ओ) ई कमर्स लन्च गर्ने लक्ष्यका साथ स्थापित साथीमार्टले देशभर ६१ ओटा आउट्लेट सञ्चालनमा ल्याएको छ ।
गत भदौ २९ गते राजधानीको बौद्धमा पहिलो आउटलेट शुरु गरेको पाँच महीना पूरा नहुँदै साथीमार्टले काकडभित्तादेखि धनगढीसम्मका प्रमुख शहरमा आउट्लेट सञ्चालनमा ल्याएको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सीईओ सागर पोख्रेलले बताए ।
नेपालका गाउँदेखि शहरसम्म १ हजार आउट्लेटसहित अनलाईन सपिङको सुविधा दिने लक्ष्य रहेको साथीमार्टमा कर्पोरेट अफिस र आउटलेटहरुमा गरि हालसम्म ३५० जनाभन्दा बढिले प्रत्यक्ष रोजगारी पाएको कम्पनीले बताएको छ।
साथीमार्टमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्राण्डका ग्रोसरी, सरसफाइका सामान, बेभरेज, स्न्याक्स, दुधजन्य उत्पादन, फ्रोजन खाद्य, उपहार, ब्रेकफास्ट आइटम लगायत विभिन्न सामग्रीहरु उपलब्ध भएको उनले बताए ।
साथीमार्टले छिट्टै ‘ओ टु ओ’ कमर्स नेपालभरी अर्डर गरेकै दिन डेलिभरी सुविधासहित लन्च गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए । साथीमार्टले नेपालका उत्पादनलाई विशेष प्राथमिकता दिने पोख्रेलले बताए।
बेरोजगार तथा नेपालमै बसेर केहि गर्न भन्ने सोच भएका युवाहरुलाई लक्षित गरि साथीमार्टले बिना लगानी व्यापार शुरु गर्न सकिने साथै रेफर एण्ड अर्न गर्ने गरि ’साथीमार्ट एफिलिट स्टार्टअप प्लान’ शुरु गरी यहि वर्ष कम्तिमा ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य राखेको उनको भनाइ छ ।
स्टार्टअप कम्पनीको रुपमा रहेको साथीमार्टबाट उपभोक्ताले सस्तो र सुलभ तरिकाले सपिङ गर्न पाउनुका साथै लाइफ टाइम डिस्काउन्ट कार्ड, गिफ्ट भौचर, मासिक सपिङ योजना, लक्की ड्र कुपन, देशविदेश भ्रमणको अवसर पाउने पोख्रेलले बताए।
विभिन्न स्थानमा साथीमार्टको फ्रेन्चाइज पार्टनर बन्न इच्छुकहरुलाई पनि प्रवर्द्धन गर्दै अगाडी बढेको पोख्रेलले जानकारी दिए। साधारण मार्ट वा पसलकै जति लगानीमा अनलाइन, अफलाइन रिटेल आउटलेट, डिस्ट्रिब्युटर्स लगायत चार ओटा तरिकाबाट नाफा लिन सकिने कम्पनीले बताएको छ ।