माघ ११, काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटीफण्डले पुसम मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी (प्रतिइकाई खुद सम्पत्तिको मूल्य) मंसिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ । फण्डको एनएभी पुस मसान्तमा रू. १६ दशमलव ३६ पुगेको हो ।
मंसिर मसान्तमा एनएभी रू. १४ दशमलव ८७ थियो । पुस मसान्तसम्ममा फण्डले लगानी गरेको कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै एनएभीमा पनि वृद्धि भएको हो ।
एनएभीसँगै फण्डको नाफामा पनि वृद्धि भएको छ । फण्डले मंसिर मसान्तसम्ममा रू. ५४ करोड ३८ लाख नाफा कमाएकोमा पुस मसान्तसम्ममा वृद्धि भएर रू. ७३ करोड ७५ लाख ४० हजार पुगेको हो ।
त्यसैगरी उक्त फण्डले पुस मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयरमा गरेको लगानीको लागत मूल्य रू. ९६ करोड ३१ लाख ५७ हजार रहेकोमा यसको बजार मूल्य रू. १ अर्ब ७३ करोड ९४ लाख पुगेको हो ।
पछिल्लो समय शेयर बजार बढेसँगै फण्डले लगानी गरेका कम्पनीहरुको शेयर मूल्य बढेसँगै फण्डको नाफा र एनएभीमा वृद्धि भएको हो ।