ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनसिएचएल, राष्ट्रिय वाणिज्य बैंक र आइएमइ पेबीच राजस्व संकलन सम्बन्धी सम्झौता

२०७७ माघ, ११  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

माघ ११, काठमाडौं । एनसिएचएल, राष्ट्रिय वाणिज्य बैंक र आइएमइ डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपी मार्फत संकलन गर्न लागि सम्झौता भएको हो ।

उक्त त्रिपक्षीय सम्झौतापछि सेवाग्राहीहरुले सरकारी राजस्व आइएमई एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्ने जानकारी दिइएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो सम्झौताले आम सेवाग्राहीहरुलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने बताए ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यवसाय विकास प्रमुख आमोद भट्टराईले सरकारी कर तथा राजस्व भुक्तानी लगायत अन्य सेवा गुणस्तरीय तरिकाले प्रदान गर्न प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्