ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हालसम्मकै सर्वाधिक रकमको शेयर कारोबार, परिसूचक ५०.२० अंक बढ्यो

२०७७ माघ, ११  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

माघ ११, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजारमा हालसम्मकै सर्वाधिक रकमको कारोबार भएको छ । यो दिन रू. ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार बराबरको शेयर कारोबार भएको हो ।

उक्त कारोबार २०७ ओटा कम्पनीको ७९ हजार ४९८ पटकको व्यापारमा भएको हो । यस अघि नेप्सेमा गत मंसिर १४ गते सर्वाधिक रू. ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको थियो  । त्यो दिनको ऐतिहासिक रेकर्ड आइतवार ब्रेक भएको हो ।
नेप्सेमा कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको दिन नेपाल लाइफ इन्स्योरेन्सको रू. ६६ करोड ८२ लाख ७३ हजार बराबरको शेयर कारोबार भएको छ ।

धितोपत्र बजारको इतिहासमै पहिलो पटक शेयर खण्डिकरणको तयारी गरेको उक्त कम्पनीको शेयर कारोबारमा सर्वाधिक हिस्साले निरन्तरता पाईरहेको छ । सर्वाधिक रकमको कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य भने यो दिन प्रतिकित्ता रू. ५९ ले घटेर अन्तिम मूल्य रू. २ हजार ८४९ कायम भएको छ ।

आइतवार शेयर कारोबार मापक नेप्से परिसूचक पनि ५० दशमलव २० अंकले बढेर २ हजार ४२४ दशमलव ८४ विन्दुमा र ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव ४७ अंक बढेर ४५२ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।

कारोबारमा आएका १२ओटा समूहमध्य व्यापारिक समूह वाहेकका सबैको परिसूचक बढेको छ । यो दिन अन्य समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । अन्य समूहको परिसूचक सर्वाधिक ५ दशमलव ६९ प्रतिशत बढेको हो । व्यापारिक समूहको परिसूचक भने २ दशमलव ४७ प्रतिशतले घटेको छ । 

त्यस्तै यो दिन जलविद्युत् समूहको २ दशमलव ७२ प्रतिशत, लघुवित्तको २ दशमलव ५६ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ९३ प्रतिशत, बैंकिङको १ दशमलव २४ प्रतिशत, वित्तको १ दशमलव २२ प्रतिशत, होटलको १ दशमलव २१ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ९९ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ८६ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८१ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ३८ प्रतिशत परिसूचक बढेको छ ।

यस दिन चार ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतसम्म बढेर कारोबार भएको छ । मिथिला लघुवित्त, ग्रामिण विकास लघुवित्त, पोखरा फाइनान्स र गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेको हो । 
मिथिला लघुवित्तको प्रतिकित्ता रू. १५९ ले बढेर अन्तिम मूल्य रू. १ हजार ७४९, ग्रामिण लघुवित्तको प्रतिकित्ता रू. ७४ ले बढेर अन्तिम मूल्य रू. ८१४, पोखरा फाइनान्सको प्रतिकित्ता रू. २४ ले बढेर अन्तिम मूल्य रू. २६४ र गुराँस लाइफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ७२ ले बढेर अन्तिम मूल्य रू. ७९२ कायम भएको हो । 

यी कम्पनीसँगै अन्य ११ ओटा कम्पनीको शेयरमूल्य आइतवार ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । उच्च दोहोरो अंकले बढेको बजारमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले घटेको छ । यस बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ६९ ले घटेर अन्तिम मूल्य रू. ६२७ कायम भएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्