माघ ११, काठमाडौं ।नेपाल क्रेडिट एण्ड कमर्स( एनसीसी) बैंकलाई नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले स्पटिकरण मागेको छ ।
आइतवार उक्त कम्पनको अत्याधिक खरीद चाप देखिएकाले शेयर मूल्यलाई असर गर्ने कुनै पनि सूचना तथा निर्णय गरेको भएमा सो जानकारी तीन दिन भित्र उपलब्ध गराउन नेप्सेले निर्देशन दिएको हो ।
आइतवार कम्पनीको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३६४ पुगेको हो ।