माघ १२, काठमाडौं । सोमवार कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक १२ दशमलव ३३ अंकले बढेर २ हजार ४३७ दशमलव १६ विन्दुमा पुगेको छ ।
शून्य दशमलव ५१ प्रतिशतले बढेको बजारमा २०४ ओटा कम्पनीको रू. ६ अर्ब ४ करोड ५३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३९ करोड ६४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ८५५ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नबिल बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार १९० मा रू. २४ करोड ६६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, निर्जीवन बीमा र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी होटल्स, विकास बैंक, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।