माघ १२, काठमाडौं । सोमवार कारोबारमा आएका २०८ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ ।
उक्त दिन सबैभन्दा बढी नागरिक लगानी कोषको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो । त्यसैगरी गुँरास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९५ प्रतिशत,प्रभु लाइफ इन्स्योरेन्स कम्पनीकोे ९ दशमलव ८७ प्रतिशत,नेशनल हाइड्रोपावर कम्पनीको ९ दशमलव ४० प्रतिशत र माउण्टेन इनर्जी नेपालको शेयर मूल्य ९ दशमलव ३९ प्रतिशतका दरले वृद्धि भएको हो ।
ती पाँच ओटै कम्पनीका शेयरमा अत्याधिक खरीद चाप भएकाले शेयर मूल्यमा वृद्धि भएको हो ।