ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वीउवासंघले गर्‍यो उद्योग वाणिज्य महासंघका सदस्यलाई सम्मान

२०७७ माघ, १२  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

माघ १२, वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित वीरगञ्ज उद्योग वाणिज्य (वीउवा) संघका पदाधिकारी सम्मानित भएका छन् । 

वीउवासंघले महासंघको केन्द्रीय नेतृत्वमा निर्वाचित संघका अध्यक्ष गोपाल केडिया र वरिष्ठ उपाध्यक्ष सुवोधकुमार गुप्तालाई वीरगञ्जमा एक समारोह आयोजना गरी सम्मानित गरेको हो । केडिया र गुप्ता महासंघको ५४ औं साधारण सभाबाट महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका थिए ।

उनीहरूलाई वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले सम्मान गरेका हुन् । सो अवसरमा नगर प्रमुख सरावगीले निजीक्षेत्रको नेतृत्व उद्यमी व्यवसायीको हितको एजेण्डामा आवश्यकता जति सक्रिय हुन नसकेको टिप्पणी गरे । वीरगञ्ज उद्योग वाणिज्य संघको

पूर्वअध्यक्ष र महासंघको केन्द्रीय सदस्यसमेत रहिसकेका प्रमुख सरावगीले आफू निजीक्षेत्रको प्रवर्द्धनमा सधैं प्रतिबद्ध रहेको स्पष्ट पनि पारे । सम्मानित केडिया र गुप्ताले आफूहरूले आफ्नो कार्यकालमा निजीक्षेत्रका सरोकारलाई नीति निर्माणको तहमा पुर्‍याउन सशक्त भूमिका निर्वाह गर्ने  बताए । 

संघका महासचिव माधव राजपालले तहगत सरकारहरू आय स्रोत बढाउने ध्याउन्नमा उद्यम व्यवसायमाथि अनधिकृत करको भार थप्न उद्दत् देखिएको आरोप लगाए । सम्मान कार्यक्रम संघका उपाध्यक्ष अनिलकुमार अग्रवालको अध्यक्षतामा भएको थियो ।

अग्रवालले महासङ्घमा बारा तथा पर्साका उद्यमीको उपस्थितिले यस क्षेत्रको आर्थिक क्रियाकलापमा नयाँ उर्जा थपिने र आर्थिक विकासका मुद्दाले निकास पाउने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्