ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हजारौं गोप्य फाइल चोरेको आरोपमा टेस्लाले पूर्वकर्मचारीमाथि हाल्यो मुद्दा 

२०७७ माघ, १२  
अन्तरराष्ट्रिय
Image Not Found

माघ १२, सन फ्रान्सिस्को (अमेरिका) । हजारौं गोप्य फाइल चोरेको भन्दै अमेरिकी विद्युतीय सवारी साधान निर्माता कम्पनी टेस्लाले एक पूर्व कर्मचारीमाथि मुद्दा हालेको छ ।

 भर्ती भएको तीन दिनभित्रै सफ्टवेयर इञ्जिनियर अलेक्स खातिलोभले निर्लज्ज रुपमा करीब २६ हजार ट्रेड कम्प्युटर स्क्रिप्ट्स चोरेको र यसलाई आफ्नो व्यक्तिगत ड्रपबक्समा पठाएको मुद्दामा कम्पनीले भनेको छ । यी स्क्रिप्टलहरु विकास गर्न टेस्लालाई कयौं वर्ष लागेको बताइएको छ । 

टेस्लाको सुरक्षा टोलीले सोधपूछ गर्दा आफूले व्यक्तिगत प्रशासनिक फाइल मात्रै पठाएको खातिलोभले बताएका थिए । कम्पनीको गोप्य फाइलहरु भने कम्प्युटरमा एक फोल्डरेको ब्याकअप कपी बनाउन खोज्दा गल्तीले आफ्नो ड्रपबक्समा आएको न्यूयोर्क पोष्टलाई उनले बताएका थिए ।

ती फाइलहरु टेस्ला र यसका प्रतिस्पर्धीहरु दुबैका लागि अति नै महत्वपूर्ण रहेको र यसले अरुलाई टेस्लाको नवप्रवर्तनको नक्कल गर्न मार्गचित्रको रुपमा प्रयोग गर्न सक्नेसमेत कम्पनीको भनाइ छ । 

यी फाइलहरु तयार पार्न कयौं वर्षसम्म २०० जना कर्मचारीले काम गरेको बताइएको छ । टेस्लामा ५० हजार कर्मचारी छन् । यीमध्ये ४० जनाले मात्रै ती स्क्रिप्टमा पहुँच पाउँछन् । टेस्लाका सुरक्षा टोलीले जनवरी ६ मा फाइल डाउनलोड भएको थाहा पाएका थिए । खातिलोभ डिसेम्बर २८ मा नियुक्त भएका थिए ।

सुरक्षा टोलीलाई खातिलोभसँग भिडियोकल मार्फत सोधपूछ गरेका थिए । त्यतिबेला उनी घरबाटै काम गरिरहेको मुद्दामा भनिएको छ । कलका बेलामा उसले आफ्नो स्क्रिन टिमसँग् शेयर गर्न ढिला गरेको र उनले कम्प्युटरमा रहेको जानकारीहरु डिलेट गरिरहेको देखिएको समेत कम्पनीले बताएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्