ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बोइङ ७३७ म्याक्सलाई उडानको अनुमति दिनु अति चाँडै

२०७७ माघ, १२  
अन्तरराष्ट्रिय
Image Not Found

माघ १२, सियाटल (अमेरिका) । अमेरिकी विमान निर्माता कम्पनी बोइङको बोइङ ७३७ म्याक्सलाई अहिले नै उडानको अनुमति दिनु अति चाँडै भएको चिन्ता व्यक्त गरिएको छ । 

कम्पनीको सियाटलस्थित कारखानाका एक पूर्व व्यवस्थापकले विमानको सुरक्षाबारे नयाँ चिन्ता व्यक्त गरेका छन् । पाँच महीनाभन्दा कम अवधिभित्रै २ ओटा विमान दूर्घटनाग्रस्त हुँदा सयौं मानिसको ज्यान गएपछि सन् २०१९ मा विश्वभर विमान ग्रान्डेड गरिएको थियो । 

तर केही समयअघि उत्तर अमेरिका र ब्राजिलले विमानलाई उडानको अनुमति दिएको थियो । यूरोपमा पनि यसै हप्ता अनुमति मिल्ने अपेक्षा गरिएको छ । यद्यपि, विमानको इलेक्ट्रिकल समस्याबारे थप छानबिन हुनु पर्ने दाबी एक नयाँ प्रतिवेदनमा एड पियर्सनले गरेका छन् । 

७३७ कारखानामा उत्पादन गुणस्तरमा देखिएको समस्याबारे पनि थप अनुसन्धान हुनु पर्ने उनको भनाइ छ । तर आफूले गरेको समीक्षा विस्तृत भएको र विमान अब सुरक्षित रहेको अमेरिका र यूरोपका नियामकहरुको भनाइ छ । नियामक र अनुसन्धाताहरुले दूघर्टनामा प्रत्यक्ष भूमिका निर्वाह गरेको तत्वहरुलाई मूलतः वेवास्ता गरेको समेत पियर्सनले बताएका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्