ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुर्खेतमा आयुर्वेद तथा जडीबुटी अभिमुखीकरण अभियान

२०७७ माघ, १३  
कर्णाली प्रदेश
NA
author avatar आकाश तारा बयक

सुर्खेत । कोरोना कहरपछि आयुर्वेदिक औषधि तथा जडीबुटीमा सर्वसाधारणको आकर्षण बढेपछि सुर्खेतमा यससम्बन्धी अभिमुखीकरण अभियान सञ्चालन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जिल्लाका ९ ओटै स्थानीय तहमा आयुर्वेदिक औषधि तथा जडीबुटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका आयुर्वेद शाखा प्रमुख पुष्पा आचार्यले आयुर्वेदको महŒव, आयुर्वेदिक चिकित्सा पद्धति, जडीबुटीको पहिचान, उपयोगिता तथा प्रयोग विधिलगायत विषयमा जिल्लाका महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गरिएको बताइन् । कर्णाली प्रदेश सरकारले विभिन्न चिकित्सा पद्धतिलाई एकीकृत रूपमा अगाडि बढाएको जानकारी उनले दिइन् ।
यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जनस्वास्थ्य कार्यालय मार्फत आयुर्वेदिक औषधि तथा जडीबुटीको महŒवबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बताए । सामाजिक विकास मन्त्रालयबाट आयुर्वेद तथा जडीबुटी सम्बन्धी अभिमुखीकरण कार्यक्रमका लागि कार्यालयलाई हालसम्म ५ लाख रुपैयाँ प्राप्त भएको छ । आयुर्वेदिक औषधि तथा जडीबुटीको उपयोगिता, प्रयोग विधिलगायतको बारेमा महिला स्वास्थ्य स्वयंसेविका मार्फत आमा समूह हुँदै समुदायसम्म जानकारी पु¥याउने उद्देश्य रहेको उनको भनाइ छ । आयुर्वेद तथा जडीबुटी सम्बन्धी अभिमुखिकरण अभियानमा प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजाल, जिल्ला जनस्वास्थ्य प्रमुख वाग्ले, औलो रोग फोकल पर्सन उदय बिसी, स्वास्थ्य सेवा निर्देशनालयका आयुर्वेद शाखा प्रमुख आचार्य, जिल्ला जनस्वास्थ्यका ल्याब टेक्निसियन दयाराम पंगाली लगायतको सहभागिता छ ।

कर्णालीमा कोरोना कहरपछि आयुर्वेदिक औषधितर्फ उपभोक्ताको आकार्षण बढेको छ । प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समिति सुर्खेतका अध्यक्ष विनोद ढकालले जडीबुटीबाट बनेका औषधिको सेवनले रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले सर्वसाधारणको आकर्षण बढेकोे बताए । उनका अनुसार औषधालयबाट दैनिक एक सय जनाभन्दा बढीले आयुर्वेदिक औषधि लैजाने गरेका छन् । कोरोना भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन गुर्जो, तुलसी लगायत जडीबुटीबाट बनेका औषधिको उपभोग बढ्दै गएको औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले बताए । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन भन्दै हालसम्म औषधालयबाट मात्रै ६ हजारभन्दा बढीले गुर्जो लगेको जानकारी
उनले दिए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्