ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सीताराम गोकुल मिल्क्स साढे ११ करोड लगानी थप्दै*

२०७७ माघ, १३  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । सितारामगोकुल मिल्क्सले साढे ११ करोड रुपियाँ लगानी थप गर्ने भएको छ । उत्पादनमा विविधिकरण, रिसर्च एण्ड डेभलप्मेन्ट ल्याव स्थापना र सोलार उर्जा प्रयोगका लागि उक्त सो लगानी थप गर्न लागिएको हो ।

उपभोक्ताको माग बमोजिम नै सीताराम गोकुल मिल्क्सले उत्पादनमा विविधिकरण ल्याउन लागेको हो । उत्पादनमा विविधिकरणका लागि करीब ६ करोड रुपियाँ, रिसर्च एण्ड डेभलप्मेन्ट ल्याव स्थापनाका लागि २ करोड रुपियाँ र उत्पादनलागत घटाउन सोलार उर्जाको प्रयोगका लागि साढे ३ करोड रुपियाँ गरी कुल साढे ११ करोड रुपियाँको  लगानी थप गर्न लागिएको हो ।

विगत २५ वर्षदेखि सीताराम मिल्क्सले उपभोक्ताकालागि वजारमा दूध र घ्यू उत्पादन गरेर विक्री गर्दै आएको थियो । त्यसवेला उद्योगले प्राविधिक जनशक्तिको अभावकाकारण उत्पादन बढाउन सकेको थिएन ।

तर पछिल्लो समय उपभोक्ताहरुले नै सीतारामका अन्य उत्पादनहरु प्नि माग गरिरहेकाले उद्योगले उत्पादन थप गर्ने योजना बनाएको हो ।
पहिलो चरणमा परिक्षणका लागि मात्र कम्पनीले सानो परिमाणमा दहि, लस्सी, आईसक्रीम, पनिर, फेलेभर मिल्क, छुर्पि लगाएतका खाद्य वस्तुको उत्पादन गरि बजारमा पठाइसकेको छ ।

बजारबाट सकारात्मक प्रतिक्रिया आएकाले अब चाँडै नै उपभोक्ताको मागलाई सम्बोधन गर्दै ठूलो परिमाणमा यस्ता खाद्य वस्तुको उतपादन गरि बजारमाआपुर्ति गर्ने कम्पनिको योजना रहेको कम्पनीका अध्यक्ष सुमित केडियाले जानकारी दिए । उनकाअनुसार उत्पादनका परिकार थप गरेसँगै कम्पनीको थपलागत करीब २० प्रतिशत र १० प्रतिशत जनशक्ति बढ्ने छ ।

अहिले उक्त कम्पनीमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गरी करीब ४५० जनाले राजगारी पाएको अवस्था छ । त्यसैगरी चितवन, रुपन्देहि, नवलपरासी, काभ्रे, मोरङ, वारा र सर्लाहि लगायत जिल्लाका १ लाख परिवार किसान पनि कम्पनीसँग आवद्ध रहेका छन् ।

किसानसँग दूध खरीद गर्दा सीताराम गोकुलमिल्क्स मार्फत दैनिक करीब २४ लाख रुपियाँ गाउँ जाने गर्दछ । त्यसैले दुग्धव्यवसायले आर्थिक रुपमा नेपालका शहर र गाउँलाई जोडने काम गरिरहेको केडियाको बुझाइ छ ।

उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै कम्पनिभित्रै करीब २ करोड रुपैयाँको लगानिमा रिर्सच एण्ड डेभलप्मेन्ट ल्याव समेत स्थापना गरिएको छ । जसको उद्येश्य सीताराम गोकुलमिल्क्सद्वारा उत्पादित वस्तुहरुको गुणस्तरलाई कसरी अझैं सुधार गर्न सकिन्छ भन्ने तर्फ जोड दिनु रहेको छ ।

साथै साढे ३ करोड रुपियाँको  लगानीमा उत्पादन लागत घटाउन कम्पनीले सोलार उर्जाको प्रयोग गरि उत्पादन कार्य समेत थाल्ने बताइएको छ । उत्पादन लागत घटाउन सकेमा नेपाली उत्पादनहरुले विदेशि उत्पादनसँग प्रतिस्पर्धा गर्न सहज हुने विस्वास गरिएको छ ।

कोरोनामहामारी अघि दैनिक रुपमा करीब ४० हजार लिटर दूध विक्री गर्ने उक्त कम्पनीको विक्री क्षमतामा अझैपनि सुधार हुन सकेको छैन । जसले गर्दा हाल कम्पनीको विक्रीक्षमता ५० प्रतिशतले घटेर २० हजार लिटरमा सिमितभएको छ ।

लामो समयदेखि बन्द रहेका ठूला होटल, रेष्टुरेण्टलगायत  विद्यालय र कलेजहरु बन्द भएका कारण खपत घटेको र यतिवेला उपभोक्ताको क्रयशक्ति पनि घटेकाले उत्पादनहरुको विक्री घटेको कम्पनीले बताएको छ । विक्री हुन बाँकी रहेको २० हजार लिटर दूधचाहीं कम्पनीले पाउडर पलान्टमा पठाएर धुलो दूध उत्पादन गरिरहेको छ ।

*प्रस्तुत समाचारमा असावधानीवश अन्य प्रसंग पर्न गएकोले सखेद सच्याइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्