ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कृषिमा विदेशी लगानीविरुद्ध माघ १४ बाट आन्दोलन

२०७७ माघ, १३  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । कृषिक्षेत्रमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध किसान, कृषि उद्यमी तथा अन्य सरोकारवाला निकायहरूले माघ १४ बाट काठमाडौंमा आन्दोलन गर्ने भएका छन् । कृषिक्षेत्रमा विदेशी लगानी भित्र्याएर सरकारले स्वदेशी उद्यमीहरूलाई पलायन गर्न खोजेको भन्दै उनीहरूले आन्दोलन गर्न लागेका हुन् ।

आन्दोलनमा किसान, कृषि व्यवसायी तथा उद्यमीसहित विभिन्न १६ ओटा संघसंस्थाले साथ दिने भएका छन् । आन्दोलनका लागि नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन भइसकेको छ । सरकारको निर्णयविरुद्ध संयुक्त विरोध प्रदर्शन तथा आन्दोलन गर्न राष्ट्रिय कृषक समूह महासंघ, केन्द्रीय पशुपन्छीपालन सहकारी संघ, डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएशन, नेपाल मत्स्य व्यवसायी महासंघ, नेपाल अण्डा उत्पादक संघ, नेपाल कखुरापालक किसान संघलगायत संघसंस्था एकजुट भएका छन् ।

संघर्ष समितिले अहिले जिल्ला स्तरका कृषि उद्यमी र किसानहरूलाई जागरुक बनाउन हरेक जिल्लामा सरकारको उक्त निर्णयविरुद्ध विरोधका कार्यक्रमहरू थालेको छ । माघ १३ सम्म जिल्लास्तरका सबै कार्यक्रम सकेर माघ १४ गतेदेखि काठमाडौंको माइतीघरमा विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू थाल्ने संघर्ष समितिका संयोजक शिवराम केसीले आर्थिक अभियान दैनिकसँग बताए ।

सरकारलाई उक्त निर्णय फिर्ता लिन दबाब स्वरूप आपूmहरूले आन्दोलन गर्नुपरेको उनले सुनाए । ‘धेरैजसो कृषिजन्य व्यवसायहरू आत्मनिर्भर भइसकेका र कतिपय आत्मनिर्भर उन्मुख रहेकाले यस क्षेत्रमा विदेशी लगानी भिœयाउन हुँदैन भन्ने हाम्रो प्रमुख माग हो,’ उनले भने । सरकारले गत पुस २० मा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा सूचना प्रकाशित गर्दै कृषिक्षेत्रमा विदेशी लगानीका लागि बाटो खुला गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार विदेशी लगानी खुला नगरिएका कृषिका प्राथमिक उत्पादनका क्षेत्रलगायत पशुपन्छी पालन, माछापालन, मौरीपालन, फलपूmल, तरकारी, तेलहन, दलहन र दुग्ध व्यवसायमा विदेशी लगानी खुला गरिएको हो । सरकारले यस्तो निर्णय गरेसँगै कृषि व्यवसायी तथा उद्यमीहरूले सो निर्णयको विरोध गर्दै आएका छन् । आपूmहरूले गरेको भद्र विरोधलाई सरकारले चासो नदिएकाले सडकमै ओर्लेर आन्दोलन गर्नुको विकल्प नरहेको नेपाल डेरी एशोसिएशनका महासचिव प्र≈लाद दाहालले जानकारी दिए । उनका अनुसार विरोध प्रदर्शनमा आउने सबै किसान तथा व्यवसायीले आपूmले उत्पादन गरेका वस्तुहरू समेत ल्याएर सरकारी निर्णयको विरोध गर्नेछन् । संघर्ष समितिले सबै स्थानीय तहका साथै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग मन्त्रालय, अर्थ मन्त्रालय, पशुसेवा विभागलगायत निकायमा आत्मनिर्भर उन्मुख रहेको कृषिक्षेत्रमा विदेशी लगानी नभिœयाउन ज्ञापनपत्रसमेत बुझाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्