ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पोखरा फाइनान्स : कम्पनी प्रोफाइल (मंगलवार, १३ माघ २०७७)

२०७७ माघ, १३  
लगानी कम्पनी विश्लेषण
Image Not Found

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी रु. ९६ करोड ३१ लाख ४५ हजार पुगेको छ । सोमबार कम्पनीको शेयर मूल्य ४ दशमलव ७५ प्रतिशत वृद्धि भएर प्रतिकित्ता रु. २७५ पुगेको छ । यस दिन कम्पनीको ५९ हजार २९८ कित्ता शेयर खरिद बिक्री भएको हो ।

निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी र छोटो पुच्छर भएको सेतो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बुलिसमा जाने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ८६ दशमलव ३० बिन्दुमा छ ।

यसले शेयर खरिद चाप बढी रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन २२ दशमलव ६५ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
सोमबारको शेयर मूल्य रु. २७५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २१४ मा टेवा पाउने देखिन्छ । कम्पनीको यस दिनको शेयर मूल्य गत ६० कारोबार दिनयताकै उच्च रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्