माघ १३, काठमाडौं । मंगलवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ दशमलव ७७ अंकले घटेर २ हजार ४३६ दशमलव १० विन्दुमा पुगेको छ ।
२ हजार ४६१ दशमलव ४३ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव २० प्रतिशतले घटेको हो ।
कारोबारको पहिलो घण्टामा प्रभु लाइफ इन्स्योरेन्स शेयरमूल्य सर्वाधिक ९ दशमलव ९४ प्रतिशतले बढेको छ ।
पहिलो घण्टाको अवधिमा १९५ ओटा कम्पनीको १७ हजार २५६ पटकको कारोबारमा ४० लाख ९९ हजार ४६५ कित्ता शेयरको रू. २ अर्ब १५ करोड ७५ लाख बराबरको खरीदविक्री भएको छ ।
पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार, होटल्स, उत्पादन तथा प्रशोधन र जीवन बीमा मूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त निर्जीवन बीमा, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।
यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४० करोड १ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ९१३ मा कारोबार भइरहेको छ ।