माघ १३, काठमाडौं । मंगलवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा मंगलवार पहेँलो धातु सुनको भाउ रू. ४०० ले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ८०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू ९२ हजार ४०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. ४०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भएको थियो ।
यस्तै, मंगलवार चाँदीको मूल्यमा भने सामान्य गरिावट आएको छ । सोमवार प्रतितोला रू. एक हजार २६० मा कारोबार भएको चाँदी मंगलवार प्रतितोला रू. एक हजार २५५ मा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य रू. ५ ले घटेको हो ।