माघ १३, काठमाडौं । मंगलवार कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक १२ दशमलव शून्य ३ अंकले घटेर २ हजार ४२८ दशमलव ८५ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ४९ प्रतिशतले घटेको हो ।
कारोबारको दोस्रो घण्टामा बोटलर्स नेपाल (तराई)को शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्स शेयरमूल्य ९ दशमलव ९४ प्रतिशतले बढेको छ ।
दोस्रो घण्टाको अवधिमा १९८ ओटा कम्पनीको रू. ३ अर्ब ६७ करोड २४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र जीवन बीमा मूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त निर्जीवन बीमा, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।
यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ६० करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ८९९ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नबिल बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ३९२ मा रू. २१ करोड ३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।