माघ १४, क्वाङचाउ (चीन) । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकले भारतमा टिकटक व्यवसायमा कर्मचारीको संख्या घटाएको छ ।
भारतीय सरकारले एपमाथि प्रतिबन्ध लगाएको महीनौं बितिसकेको अवस्थामा टिकटकको मातृ कम्पनीले बुधवार भारतीय व्यवसायमा कर्मचारी कटौती गरेको हो ।
भारत टिकटकको लागि महत्वपूर्ण बजारमध्ये एक थियो । तर जुन महीनामा त्यहाँको सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय हित विरुद्धको गतिविधिमा संलग्न रहेको भन्दै टिकटकसमेत ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।
त्यसयता एपमाथि प्रतिबन्ध यथावत छ । एप सञ्चालनमा नरहेको अवस्थामा सबै कर्मचारीलाई काममा राखिराख्न नसकिएको टिकटकका अन्तरिम प्रमुख वैनेसा पप्पसले बताइन् ।
भारतमा महत्वपूर्ण भूमिकामा रहेका केही पदमा मात्रै कर्मचारी राखिएको उनको भनाइ छ । एजेन्सी