ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

होटल व्यवसायी र ट्रेड युनियन बीच नयाँ सम्झौता

२०७७ माघ, १४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

माघ १४, काठमाडौं । होटेल संघ नेपाल (हान) र ट्रेड युनियनबीच नयाँ सामूहिक सहमति भएको छ । कोरोना माहामारीका कारण पर्यटन क्षेत्र तथा होटल व्यवसाय पूर्ण रूपमा धरासायी भएको अवस्थामा त्यहाँ कार्यरत श्रमिक तथा कर्मचारीहरूको पारिश्रमिक भुक्तानी सम्बन्धी विषयको समस्या समाधान गर्न द्विपक्षीय सम्झौता गरिएको हो ।

संघ र युनियनबीच यसअघि भएको पारिश्रमिकसम्बन्धी सम्झौता पुस १६ गते सकिएको र हालसम्म पर्यटन क्षेत्रमा कोभिड–१९ का कारणले कुनै सुधार नआएकाले श्रमिक तथा कर्मचारीको जीवनयापनसहित रोजगारीमा सहजीकरण होस् भन्ने हेतुले नयाँ सम्झौता गरिएको संघले जानकारी दिएको छ । 

सहमतिमा हानको तर्फबाट अध्यक्ष सृजना राणा, होटल संघ नेपालका पदाधिकारी र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील मुख्य तीन ओटा केन्द्रीय ट्रेड युनियनका अध्यक्षहरु र पदाधिकारीले हस्तारक्षर गरेका हुन् ।

सम्झौता अनुुसार पाँचतारे होटेलले श्रमिक तथा मजदूरलाई मासिक ५ हजार, चारतारे होटेलले ४ हजार, तीनतारे होटेलले ३ हजार, दुईतारे होटेलले २ हजार ५००, एकतारे होटेलले मासिक २ हजार रुपैयाँ दिने सहमति भएको छ । पर्यटकस्तरीय होटेलका श्रमिक तथा कर्मचारीको हकमा भने सञ्चालक र कर्मचारीबीचको आपसी सहमतिमा निर्धारण हुने जानकारी दिइएको छ । 

यस अघि गत असार २८ गते भएको सहमति अनुसार पाँचतारे होटलका कर्मचारीले १० हजार रुपैयाँ तलब पाउँदै आएका थिए । उक्त सहमति अनुसार एकतारे र पर्यटकीय स्तर होटलमा कार्यरत कर्मचारीलाई आपसी समझदारीमा मासिक पारिश्रमिक पाउँदै आएका थिए ।

दुईतारे होटलका कर्मचारीलाइ ४ हजार ३०० रुपैयाँ, तीनतारे ५ हजार रुपैयाँ, चारतारे ८ हजार र डिलक्स पाँचतारे होटलका कर्मचारीलाई १० हजार रुपैयाँ आधारभूत पारिश्रामिक दिने सहमति भएको थियो । हिजो गरिएको सहमति २०२१ डिसेम्बरसम्म लागू हुने भएको छ । सहमति अवधिभर श्रमिकलाई चाडपर्व, बोनस, भ्रमण भत्ता लगायत उपलब्ध नगराइने जानकारी दिइएको छ । 

होटल सञ्चालनका लागि चक्रीय प्रणालीमार्फत आवश्यकताको आधारमा कर्मचारीलाई काममा लगाइने छ । काममा लगाइएका कर्मचारीलाई खाइपाइ आएका पारिश्रामिक दिइने र नबोलाइएका कर्मचारीलाई आधारभूत तलब दिइने सहमतिमा उल्लेख छ ।

यो अवधिभर बैंक्वेट सेवा बाहेकमा तालिमे, करार, ज्यालादारी र आउटसोर्सिङका कर्मचारीलाई काममा नलगाइने सहमति भएको छ । स्वेच्छिक अवकाश लिन चाहने र उमेरको हदका कारण अवकाश पाउने कर्मचारीलाई बन्दाबन्दी अगाडि खाइपाइ आएको सुविधा दिइ सेवा अवधि अन्त्य गर्न पाइने व्यवस्था रहेको सहमतिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्