ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एक्स बक्सको विक्रीमा उच्च वृद्धि 

२०७७ माघ, १४  
अन्तरराष्ट्रिय
Image Not Found

माघ १४, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टको गेमिङ कन्सोल एक्सबक्सको विक्रीमा उच्च वृद्धि भएको छ । 

कोरोना भाइरसको महामारीबीच यसको माग बढेसँगै कम्पनीको मुनाफा पनि बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा डिसेम्बर ३१ सम्मको तीन महीनामा एक्सबक्सको विक्री ४० प्रतिशतले बढेको छ । 

महामारीका समयमा विश्वभर घरबाटै काम गर्ने नीति अपनाउँदा माइक्रोसफ्टको एज्यूर क्लाउड कम्प्युटिङ सेवाको विक्री पनि ५० प्रतिशतले बढेको बताइएको छ ।

महमारीका कारण कयौं कम्पनीहरुले रिमोट वर्किङ अपनाउन थालेका छन् । घरबाहिरका मनोरञ्जन गतिविधि सीमित बनेपछि गेमिङ कन्सोलको मागले टेवा पाएको छ । 

यसका कारण समग्रमा कम्पनीको समग्र आम्दानी १७ प्रतिशतले बढेर ४३ अर्ब १० करोड डलरमा पुगेको छ । सो अवधिमा कम्पनीको मुनाफा पनि ३३ प्रतिशतले बढेर १५ अर्ब ५० करोड डलरमा पुगेको छ । महामारीका कारण मानिसहरुको व्यवहारमा आएको दीर्घकालीन परिवर्तने कम्पनीलाई लाभ भएको माइक्रोसफ्टका हाकिम सत्य नदेल्लाले बताए । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्