ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुपरमादी हाइड्रोपावरको विक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

२०७७ माघ, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मघ १४, काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ । कम्पनीेले सर्वसाधारण लगानीकर्तामा आईपीओ निष्कासन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा विक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीेले ३१ करोड रुपैयाँको आईपीओ जारी गर्ने भएको हो ।

सो क्रममा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सुपर मादी हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष पुष्पज्योति ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले गण्डकी प्रदेश कास्की जिल्ला स्थित साविक नामाजुङ्ग र पार्चे गाविस हाल मादी गाउँपालिका अवस्थित मादी खोलामा ४४ मेगावाटको जलविद्युत् निर्माण गरेको छ ।
सुपर मादी हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ वमोजिम २०६५ साल माघ ३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको कम्पनी हो । 

कम्पनीको गण्डकी प्रदेश, कास्की जिल्लाको मादी गाउँपालिका (तत्कालिन नामाजुङ्ग र पार्चे गाविस) मा बहने मादी खोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करीब ६५ % सम्पन्न भएको छ भने आगामी २०७८ साल पुस महीना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्