ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

महिलालाई उद्यमशील बनाउन सरकारले भरपुर प्रयास गरेको छ : अर्थमन्त्री

२०७७ माघ, १६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

माघ १६,  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले महिलालाई उद्यमशील बनाउन सरकारले भरपुर प्रयास गरेको बताएका छन् ।

न्यू बिजनेशन एजले राजधानीमा शुक्रवार आयोजना गरेको ‘न्यूबिज विजनेश वुमन समिट एन्ड अवार्डस्’ को उद्घाटन गदै उनले महीलालाई आर्थिक रुपमा सबल बनाउनका लागि सहुलियत पूर्ण कर्जादेखि सिप तथा तालिमहरु दिनेखालका कार्यक्रम सरकारले अघि बढाएको बताए ।

उनका अनुसार महिला र पुरुष बीचको विभेदलाई संविधानले अन्त्य गरेको भएपनि व्यवहारिक रुपमा अझै अन्त्य हुन सकेको छैन । यसका लागि महिला आर्थिक र सामाजिक रुपमा बलियो हुन जरुरी रहेको उनको भनाइ छ ।

महिलाहरुको उद्यमशिलता विकासका लागि सरकारले बिनाधितो सहुलियतपूर्ण कर्जा कार्यक्रम लागू गरेको र यसको कार्यान्वयन प्रभावकारी भएको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले महिलाको उद्यमशीलता विकासका लागि राज्यले लिएका नीतिहरु सही भए पनि कार्यान्वयन अझै पनि प्रभावकारी हुन नसकेको बताइन् । महिलाको उत्थान नगरि मुलुकमा आर्थिक क्रान्ति सम्भव नभएको उनको भनाइ छ ।

उनले मुलुकमा राजनैतिक क्रान्ति सकिइकेकाले आर्थिक क्रान्तिमा लाग्नुको विकल्प नरहेको पनि बताइन् । साथै उनले अहिले राजनैतिक अस्थिरता फैलाएर आर्थिक मुद्दालाई ओझेलमा पार्न खोजिएको पनि बताइन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्