ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

न्यूबिजद्वारा १२ महिला उद्यमी सम्मानित

‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०२१’ राणालाई

२०७७ माघ, १८  
समाचार
Image Not Found

काठमाडौं । न्यू बिजनेश एज प्रालिले महिला उद्यमीलाई प्रदान गर्न शुरू गरेको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०२१’ बाट अनुभवी होटेलियर तथा मल्ल होटेलकी अध्यक्ष महाराजकुमारी रमा राणा मल्ल सम्मानित भएकी छिन् । न्यू बिजले पहिलोपटक आयोजना गरेको ‘न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस’ कार्यक्रममा राणालाई उक्त अवार्डबाट सम्मान गरिएको हो ।

विशेषगरी नेपालको व्यापार क्षेत्रमा ४ दशकसम्म योगदान पुर्‍याए बापत राणालाई उक्त अवार्ड प्रदान गरिएको हो । मल्लको स्वामित्वमा पाँचतारे होटेल, रिसोर्ट र टुर एजेन्सी सञ्चालनमा छन् । ७५ वर्षको उमेरमा पनि उनी व्यवसायमा सक्रिय छिन् ।

शुक्रवार काठमाडौंको ¥याडिसन होटेलमा आयोजित ‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स’ कार्यक्रममा न्यूबिजले राणासहित विभिन्न शीर्षकमा १२ जना महिला उद्यमीलाई सम्मान गरेको हो । साथै, शनिवार राष्ट्रपति विद्याभण्डारी मार्फत उनीहरू सम्मानित भएका छन् । कार्यक्रममा होटल अन्नपूर्णकी कार्यकारी निर्देशक सृृजना राणालाई ‘बिजनेश वुमन अफ दी इयर २०२१’ अवार्डबाट सम्मान गरिएको छ । यसैगरी कञ्चनजंघा चिया इस्टेटकी प्रबन्ध निर्देशक शान्ता बास्कोटा कोइरालालाई ‘वुमन आन्ट्रपे्रनर अफ दी इयर २०२१’ अवार्डबाट सम्मान गरेको छ ।

यसैगरी साल्ट ट्रेडिङ कर्पाेरेशनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठलाई ‘इन्फ्लुन्सल बिजनेश वुमन अफ दी इयर २०२१’ अवार्ड र किरण शूज म्यानुफ्याक्चरर्सकी ब्रान्डिङ तथा बिजनेश डेभलपमेण्ट निर्देशक विदुषी राणालाई ‘क्यारिज्म्याटिक बिजनेश वुमन अफ दी इयर २०२१’ अवार्डबाट सम्मान गरिएको छ ।

न्यूबिजले प्रत्येक प्रदेशबाट एक÷एकजना उत्कृष्ट महिला उद्यमीलाई पनि सम्मान गरेको छ । संस्थाले ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दी इयर २०२१’ अवार्डबाट सातै प्रदेशबाट एक÷एकजना उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरेको हो, जस अन्तर्गत प्रदेश नं १ बाट विराटनगरको चम्पा शू सेन्टरकी प्रोप्राइटर चम्पा नेपाल र प्रदेश नं २ बाट वीरगञ्जस्थित मिथिला हाउस प्रालिकी प्रोप्राइटर तृष्णा सिंह भण्डारीलाई सम्मान गरिएको छ ।

यसैगरी बागमती प्रदेशबाट रिजाल प्लास्टिक उद्योग भक्तपुरकी प्रोप्राइटर चन्द्रकला बास्कोटा, गण्डकी प्रदेशबाट वुमन्स स्किल डेभलपमेन्ट सेन्टर पोखराकी संस्थापक रामकली खड्का र लुम्बिनी प्रदेशबाट कोथी हिमाल अल्लो कपडा उद्योग प्यूठानकी प्रोप्राइटर चित्रकली बुढामगर, कर्णाली प्रदेशबाट भवानी छापाखाना सुर्खेतकी प्रोप्राइटर हिमाकुमारी उपाध्याय र सुदूरपश्चिम प्रदेशबाट बी पोलिटेक्निक इन्स्टिच्युट धनगढीकी प्रबन्ध निर्देशक हीरा भण्डारीलाई सम्मान गरिएको छ ।

कुन विधाबाट को सम्मानित भए ?

  • लाइफटाइम अचिभमेन्ट अवार्ड – महाराजकुमारी रमा राणा मल्ल
  • ‘बिजनेश वुमन अफ दी इयर – सृृजना राणा
  • क्यारिज्म्याटिक बिजनेश वुमन अफ द इयर – विदुषी राणा
  • ‘वुमन आन्ट्रपे्रनर अफ दी इयर – शान्ता बास्कोटा कोइराला
  • इन्फ्लुन्सल बिजनेश वुमन अफ दी इयर – उर्मिला श्रेष्ठ

‘इमर्जिङ इन्टरप्राइजिङ विमेन अफ दी इयर’

  • चम्पा नेपाल (प्रदेश नं १)
  • तृष्णा सिंह भण्डारी (प्रदेश नं २)
  • चन्द्रकला बास्कोटा (बागमती प्रदेश)
  • रामकली खड्का (गण्डकी प्रदेश)
  • चित्रकली बुढामगर (लुम्बिनी प्रदेश)
  • हिमाकुमारी उपाध्याय (कर्णाली प्रदेश)
  • हीरा भण्डारी (सुदूरपश्चिम प्रदेश)
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्