ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दोस्रो त्रैमासमा जीवन विकास लघुवित्तको नाफा ६२.९६ प्रतिशत बढ्यो

२०७७ माघ, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ २०, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ६२ प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. २२ करोड ५९ लाख नाफा कमाएकोमा चालू आवको दोस्रो त्रैमासमा वृद्धि भएर रू. ३६ करोड ८१ लाख पुगेको हो । 

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी २५ प्रतिशतले वृद्धि भएकाले र रू. ४८ करोड ५९ लाख खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएकाले नाफामा वृद्धि भएको हो । 

चुक्तापूँजी रू. ४१ करोड ६ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ९८ करोड ७४ लाख सञ्चित गरेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ८ अर्ब ८९ करोड ६४ लाख सापटी लिएर, रू. ७ अर्ब ५३ करोड ७८ लाख निक्षेप संकलन गरेर रू. १८ अर्ब १७ करोड ७९ लाख कर्जा लगानी गरेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्