ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

महामारीका कारण संकटमा हस्तकला उद्यमी

२०७७ माघ, २७  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । कोरोना महामारीका कारण हस्तकला उद्यमीहरू वर्ष दिनदेखि संकटमा छन् । गतवर्ष नेपालमा कोरोना महामारी शुरू हुन भन्दा अघिदेखि नै हस्तकला व्यवसायले संकट बेहोरिरहेको थियो । त्यसपछि महामारीका कारण अन्तरराष्ट्रिय उडान बन्द भएपछि झनै समस्यामा रहेको व्यवसायले अझैसम्म पनि गति लिन सकेको छैन ।

हाल कार्गोको भाडा महँगो भएका कारण हस्तकला उद्यमीहरूले बा≈य मुलुकमा माग भएजति सामान निर्यात गर्न सकेका छैनन् । बन्दाबन्दीका समयमा भन्दा अहिले बा≈य मुलुकबाट माग बढेको भए पनि कार्गोको भाडादर महँगो भएका कारण सामान निर्यात गर्न नसकिएको हस्तकला व्यवसायी महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले जानकारी दिए । ‘सामानको माग नै नभए एउटा कुरा हुन्थ्यो, माग भए पनि महँगो भाडाका कारण निर्यात गर्न नसक्नु दुःखद कुरा हो,’ उनले भने ।

यो व्यवसाय पर्यटन क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ । तर, महामारीका कारण पर्यटन क्षेत्र नै चलायमान छैन, जसले गर्दा व्यवसायले अझै पनि गति लिन सकेको छैन ।
काष्ठकला, थान्का पेन्टिङ, मेटलक्राफ्ट, पश्मिना, फेल्ट, पौवा पेन्टिङ, मूर्तिकलालगायत ४२ विधा रहेको हस्तकला सामग्रीमध्ये महँगो भाडादरकै कारण हाल केवल २०÷२२ ओटा सामग्री मात्र विदेश निर्यात भइरहेका छन् । अहिले निर्यातकर्ता व्यवसायीहरूले सामान्य अवस्थाको भन्दा तीन गुना बढी भाडा तिरेर सामान निर्यात गरिरहेका छन् ।

बन्दाबन्दीका कारण व्यवसाय नचलेपछि यस व्यवसायमा आबद्ध ५० प्रतिशत कालीगढ तथा कामदारहरूले पेशासमेत परिवर्तन गरिसकेका छन् । उद्यमीहरू नै संकटमा भएको बेलामा कामदारहरू पुनः पुरानै पेशामा फर्कन सक्ने अवस्था नभएको नेपाल हस्तकला कालीगढ संघका अध्यक्ष हरि सेन्चुरीले बताए ।

पर्यटन क्षेत्र चलायमान नभएसम्म यो व्यवसाय पनि चलायमान नहुने उनले दाबी गरे । उनका अनुसार यूरोपेली देशहरूमा महामारीको दोस्रो लहर पैmलिएका कारण कारण हस्तकला उद्योग पूर्ण रूपमा चलायमान हुन अझै वर्ष दिन लाग्न सक्छ ।

महासंघले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालको आन्तरिक बजारमा वार्षिक ६ अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामग्री विक्री हुने गर्छन् । यद्यपि नेपाली हस्तकला सामग्रीको ठूलो बजार भने अमेरिका, चीन र अन्य यूरोपेली मुलुकहरू हुन् । नेपालबाट यी मुलुकमा वार्षिक ११ अर्बदेखि १५ रुपैयाँको हस्तकला सामग्री निर्यात हुने गर्छ भने व्यापारी, उद्यमी, श्रमिकसहित करीब ११ लाख मानिस यस क्षेत्रमा आबद्ध छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्