ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड : कम्पनी प्रोफाइल (मंगलवार, २७ माघ २०७७)

२०७७ माघ, २७  
लगानी कम्पनी विश्लेषण
Image Not Found

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । हालसम्म कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

सोमबार कम्पनीको शेयर मूल्य आइतबारको तुलनामा ४२ रुपैयाँले घटेर प्रतिकित्ता रु. १ हजार ४५५ कायम भएको हो । यस दिन कम्पनीको १३ हजार ८९० कित्ता शेयर खरिद बिक्री भए ।

निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६७ दशमलव ८३ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ४२ दशमलव ५१ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमबारको शेयर मूल्य रु. १ हजार ४५५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार ३७९ मा टेवा पाउने देखिन्छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्