ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अब सिमेन्टेड सडक बनाउने कि ?

२०७७ माघ, २९  
पाठक विचार
NA

नेपालमा सिमेन्ट उद्योग खुल्ने क्रम जारी छ । सिमेन्टमा आत्मनिर्भर हुन थालेको अवस्था छ । सिमेन्टका लागि आवश्यक कच्चा पदार्थ पनि नेपालमा नै उपलब्ध हुन्छ । त्यसो हुँदा अलकत्रे पीच सडकको सट्टा सिमेन्टेड सडक बनाउने नीति सरकारले लिनुपर्छ ।

सिमेन्ट उत्पादनमा प्रयोग हुने मुख्य कच्चा पदार्थ चुनढुंगा नेपालमा यथेष्ट पाइन्छ । हामीले आफ्नै देशमा प्रशस्त सिमेन्ट उत्पादन गर्न सक्छौं । नेपालमा दुई दर्जनभन्दा बढी सिमेन्ट प्लान्ट स्थापना भइसकेका छन् । सिमेन्टको प्रयोग घर, पुललगायत संरचनाहरू ब्नाउन हुने गरेको छ । सडक निर्माणमा भने यसको प्रयोग नगण्य मात्रामा भएको छ । हेटौंडामा भने सिमेन्टेड सडक केही मात्रामा बनेको देखिन्छ । अहिले पानी तथा बाढीले बिगार्ने ठाउँहरूमा सिमेन्टेड सडक बनाउने गर्न थालिएको छ । पीच चाँडै भत्कने तर सिमेन्ट र छड प्रयोग गरी बनाएको सडक बलियो देखिएको छ । यस्तोमा नेपालमा सिमेन्टेड सडक बढी बनाउनु उपयुक्त देखिन्छ ।
 
हुन त अलकत्रे सडक बनाउन सस्तो पर्छ । तर, बढी टिकाउचाहिँ सिमेन्टकै सडक हुने देखिन्छ । कालोपत्रे सडकको आयु जति नै भए पनि वर्षेनि खाल्डाखुल्डी टाल्ने र सतहमा केही पत्रहरू थपिरहनुपर्ने हुन्छ । अलकत्रे सडक गर्मीमा पग्लेर डल्लो र पोकापाकी हुने गरेको पाइन्छ । पृथ्वी राजमार्गमा यस्ता पोकापोकीका कारण गाडी चलाउनै समस्यासमेत हुने गरेको छ । सिमेन्टेड सडकमा खाल्डाखुल्डी पनि कम हुन्छ । यसलाई बनाउन पनि सहज हुन्छ । साथै बिटुमिन प्रयोग गर्दा वातावरणमा गम्भीर असर पर्छ, जुन सिमेन्टेड सडक बनाउँदा हुँदैन ।

अहिले सरकारले स्पष्ट निर्देशन नदिए पनि केही स्थानीय तहले सिमेन्टेड सडकलाई प्राथमिकता दिएका छन् । गाउँपालिकाले विकास निर्माणका काम गर्न नसके पनि गाडी चल्न सक्ने बाटाहरूमा सिमेन्टेड गर्दै गए पनि दीर्घकालीन रूपमा फाइदा हुन्छ । हचुवाकै भरमा भए पनि यस्ता सडक दिगो हुने भएकाले केही वर्षमै राम्रो सडक सञ्जाल बनिसक्छ जुन सयौं वर्षसम्म पनि रहिरहन सक्छ ।

हरीश न्यौपाने
बुद्ध चोक, हेटौंडा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्