ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जुलुसको खर्च कहाँबाट आउँछ ?

२०७७ माघ, ३०  
पाठक विचार
NA

अघिल्लो साता नेकपाको ओली पक्षले काठमाडौंमा ठूलो आमसभा गर्‍यो । आमसभाका लागि मानिसहरू ओसारिए । उनीहरूलाई काठमाडौंसम्म ल्याउन बस भाडा चाहियो । उनीहरूलाई कमसे कम दुई छाक खाना त खुवाउनै प¥यो । त्यतिले मात्रै उनीहरू यहाँसम्म पक्कै आइपुगेनन् । उनीहरूका लागि थप खर्च पनि लागेको हुनुपर्छ । आयोजकहरूले दाबी गरेअनुसार लाखौं मानिस आमसभामा सहभागी थिए भने यो खर्च ठूलो हो । केही नभए पनि प्रतिव्यक्ति रू. १ हजारभन्दा बढी खर्च लागेको छ । यतिको खर्च यी पार्टीले कहाँबाट पाए ? त्यो स्रोत उनीहरूले खुलाउन सक्नुपर्छ । खर्चको हिसाबकिताब देखाउन सक्नुपर्छ । होइन, भने त्यहाँ कालो धन प्रयोग भएको छ भन्ने देखिन्छ । त्यसो त व्यापारीहरूसँग ठूलो परिमाणमा चन्दा उठाइएको छ भन्ने चर्चा पनि चलेको छ । राजनीतिक प्रदर्शनहरूमा गाडी र मोटरसाइकललाई सित्तैमा पेट्रोल हाल्न दिइएको छ । यो रकम पनि लाखौं रुपैयाँको हुन्छ । जुन संख्यामा जुलुसमा मानिसहरूको उपस्थिति देखिन्छ । त्यो हेर्दा करोडौं रुपैयाँ खर्च भएको अनुमान हुन्छ । यसरी खर्च गरिने रकम यी दलहरूले कसरी उठाउलान् ?

कर्ण तिवारी, नक्साल, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्