ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जलवायु परिवर्तनको असर

२०७७ माघ, ३०  
पाठक विचार
NA

जलवायु परिवर्तनका कारण संसारभर नै तापक्रममा उल्लेख्य वृद्धि भएको छ । सोही कारण हिमनदी पग्लदै गएको छ । हमनदी र जलवायु परिवर्तनले पारेको प्रभावका बारेमा इसिमोडले अध्ययन गरिरहेको छ । इसिमोडले हिन्दकुश हिमालय क्षेत्रमा अत्यधिक मात्रामा हिमनदी पग्लिँदै गएको जनाएको छ । उत्तर भारतको उत्तराखण्डस्थित हिमनदीमा बाढी आयो । बाढीका कारण २०० बढी नागरिक बेपत्ता भएका छन् । तापमानमा भएको वृद्धिका कारण विशाल हिमखण्ड टुट्न गएको हो, जसका कारण भारी मात्रामा पानी निस्कन गएको छ । सोही कारण हिमस्खलन हुँदा चट्टान तथा माटो बगाएर तल्ला तटमा समस्या खडा गरेको छ । नेपालमा पनि यस्तै समस्या आउनसक्नेमा ध्यान जानु जरुरी छ ।

श्रीष महत, मनमैजु, काठमाडौं ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्