ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आयोजनामा ढिलाइ र लागतवृद्धि

२०७७ माघ, ३०  
पाठक विचार
NA

नेपालका कुनै पनि पूर्वाधार आयोजनाहरू समयमा सम्पन्न हुन सकेको पाइँदैन । यसले विकासको गति त धीमा भएको छ नै, आयोजनाको लागत पनि निकै महँगो पर्ने गरेको छ । आयोजना ढिला हुनुमा विभिन्न कमजोरी देखिन्छन् । यस्तै ढिलाइबाट महँगो बनेको आयोजनमध्ये एक पर्छ माथिल्लो तामाकोशी । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना ३५ अर्बमा बन्छ भन्ने अनुमान थियो । अहिले यसको लागत ७० अर्ब नाघिसकेको छ र जुन गतिमा यो निर्माण भइरहेको छ त्यो हेर्दा आयोेजनाका लागि खर्बको हाराहारीमा हुने निश्चित जस्तै छ । आयोजनाको हेडवर्क्सका सबै संरचना निर्माण गरि रिजर्भ वायरको परीक्षण सकिएको, १९ किलोमीटर सुरुङ र साफ्टको कार्य सकिएको, स्टिल पेनस्टक पाइप राख्ने काम सकिएको, टर्बाइन र जेनेरेटर उपकरण जडान कार्य सम्प्पन भएको तथा ४७ किलो मीटर लामो २२० केभी प्रसारण लाइन कार्य सकिएको बताइन्छ । यही गतिले निर्माण कार्य अघि बढ्ने हो भने यो वर्ष यस आयोजनाबाट बत्ती बल्ने छाँटकाँट देखिँदैन ।

राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन र सञ्चालन गर्ने छुट्टै कानून नहुँदा कार्यान्वयन पक्ष कमजोर रहेको सरकारी दाबी पाइन्छ । कारण जे भए पनि लागत बढेपछि जनताले तिरेको करको दुरुपयोग त भइ नै हाल्छ । साथै, यसको शेयरमा लगानी गरेका सर्वसाधारणसमेत मर्कामा पर्ने देखिन्छ । यो शेयर किनेको यतिका समय भए पनि अहिलेसम्म कुनै लाभांश प्राप्त हुन सकेको छैन । अभैm कति वर्षसम्म लाभांश नपाइने त्यो ठेगान छैन । लागत बढे पनि मुनाफा पाउन पनि समय बढी लाग्छ । यसरी जलविद्युत्को शेयरमा लगानी गर्नेहरू घाटामा छन् । त्यही भएर केही समय अघिसम्म जलविद्युत्का शेयर विक्री हुन छाडेको थियो । कुनै पनि बीसौं गुणासम्म आवेदन पर्ने गरेकोमा आईपीओ विक्री नहुने अवस्थासम्म आइपुग्ना जलविद्युत् कम्नपीहरूकै कमजोरी देखिन्छ ।

अहिले पनि धितोपत्र बोर्डले कारोबार रोक्का गर्ने कम्पनीमा यही क्षेत्र बढी छ । साधारणसभा नगर्ने, वार्षिक विवरण सार्वजनिक नगर्ने काम गरेकाले कारोबार रोक्का गरिएको हो । त्यतिमात्र होइन, यस्ता कम्पनीहरूले सर्वसाधारणलाई मुनाफा दिनुभन्दा अनेक शीर्षकमा अनावश्यक खर्च देखाएर कम्पनी घाटमा देखाउन सक्छन् । सरकारी कम्पनी समयमा नबन्ने अनि निजी कम्पनीले सही विवरण नदिने हुँदा जलविद्युत् क्षेत्रका शेयरमा लगानी गर्न डराउनुपर्ने अवस्था आएको छ । त्यसैले सरोकारवाला संस्थाहरूले यस्ता कम्पनीलाई सही नियमनमा ल्याउनुपर्छ र आयोजनाहरू समयमा सम्पन्न पनि गराउनु लगाउनुपर्छ ।

सभ्य खतिवडा, कलंकी, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्