रोजगारीको प्रलोभन देखाई आर्थिक ठगीसँगै मानव तस्करी गर्ने गिरोहहरू सक्रिय भएका छन् । गाउँगाउँमा एजेन्ट राखेर म्यानपावर र मानव तस्करले महिला तस्करी गरिरहेका छन् । यही भएर सरकारले भ्रमण भिसामा विदेश जान सहमति लिनुपर्ने व्यवस्था गर्न लागेको समाचार आयो, जसको व्यापक विरोध भएको छ । गत साता श्रीलंकाको कोलम्बो विमानस्थल हुँदै १ सय ६१ जना नेपाली महिला रोजगारीका लागि कुवेत पुगे । नेपालबाट हिँडेको ३ महीनामा कुवेत पुगेका उनीहरूले ठगिएको गुनासो गरेका छन् । मानव तस्करले रोजगारीको प्रलोभन देखाएपछि जति माग्यो उति नै पैसा दिएर धेरै कामदार फस्ने गरेका छन् । सरकारले भिजिट भिसाका नाममा भइरहेको विकृति रोक्न कडा कानून बनाएर लागू गर्नुपर्ने देखिन्छ । तर, यसा भन्दैमा अहिले प्रस्ताव गरिएको जस्तो माहिलाहरूलाई भ्रमणमा नै बन्देज लगाउने खालको नीति बनाइनु हुँदैन ।
वैदेशिक रोजगारीमा कामदार पठाउने भनेर म्यानपावरले लिने अवैध अन्तर्वार्ता, भिजिट भिसा र व्यक्तिगत श्रमस्वीकृतिको काममा दूतावासका कर्मचारीदेखि विदेशी नागरिकसम्मको संलग्नता रहने गरेको छ । वार्षिक २० हजारभन्दा धेरै नेपालीको रोजगारी, भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर तस्करी भइरहेको अनुमान छ । यस्तो मानव तस्करी रोक्नु आवश्यक छ ।
मोहन आचार्य, हात्तीगौडा, काठमाडौं ।