ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आन्तरिक राजस्व कार्यालय सुर्खेत : ६ महीनामा ९० करोड राजस्व असुली

२०७७ माघ, ३०  
कर्णाली प्रदेश
NA
author avatar आकाश तारा बयक

सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशबाट उत्साहजनक रूपमा राजस्व संकलन हुन थालेको छ । कोरोनाको प्रभाव कम भएसँगै आर्थिक क्रियाकलाप चलायमान हुन थालेपछि आन्तरिक राजस्व असुलीमा वृद्धि भएको हो । आन्तरिक राजस्व कार्यालय सुर्खेतले पछिल्लो ६ महीनामा ९० करोड ६६ हजार ७ हजार रुपैयाँ राजस्व असुली गरेको छ । कार्यालयका निमित्त प्रमुख खडानन्द खत्रीले सो अवधिमा आन्तरिक राजस्व विभागले दिएको लक्ष्यभन्दा २८ करोड ३७ लाख ६ हजार रुपैयाँ बढी राजस्व असुली भएको जानकारी दिए । चालू आवको पहिलो ६ महीनामा कार्यालयले विभागबाट ६२ करोड २९ लाख १ हजार राजस्व असुलीको लक्ष्य पाएको थियो । संकलित राजस्व लक्ष्यको १४५ दशमलव ५५ प्रतिशत भएको उनले बताए ।

कार्यालयले पछिल्लो ६ महीनामा आयकरतर्फ ५३ करोड ८८ लाख ८९ हजार, घर बहाल कर ३ करोड १ लाख ६० हजार, ब्याज कर २ करोड ३२ लाख ७७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ २९ करोड ५४ लाख ९७ हजार, अन्तःशुल्कतर्फ १ करोड ८७ लाख ८३ हजार रुपैयाँ असुली गरेको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशबाट विभिन्न शीर्षकमा १ अर्ब ५१ करोड ३५ लाख ३१ हजार रुपैयाँ राजस्व असुली भएको थियो । गत आवमा राजस्व संकलनमा ७९ दशमलव ८० प्रतिशत प्रगति भएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्