ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तामाको भाँडा उत्पादन घट्यो

२०७७ फागुन, २  
१० वर्ष अघि
NA

नेपाली बजारमा वार्षिक करिब २५ हजार मेट्रिक टन तामा खपत हुने व्यवसायीहरूले बताएका छन् । पाटन औद्योगिक क्षेत्रमा रहेका ताम्राकार युटेन्चर लिमिटेड तथा जय सन्तोषी रोलिङ मिलका सञ्चालक विनोद ताम्राकार भन्छन्, ‘व्यापार पहिलेको भन्दा आधा नै घटेको छ । तर कारोबार रकममा भने खासै कमी आएको छैन ।’ तामाका सामग्री मिलबाट ताम्राकारले वार्षिक ५ करोड रुपैयाँ बराबरको कारोबार गर्दै आएको बताए । ‘विगत १०÷१२ वर्ष देखि कारोबार रकममा घटबढ नभए पनि उत्पादनमा भने कमी आएको छ । दस वर्षअघि प्रतिकिलो सय रुपैयाँ पर्ने तामाको मूल्य अहिले पाँच सय रुपैयाँ पुगेकाले कारोबार रकममा कमी नआएको हो,’ ताम्राकारले भने ।

तामाका सामन बनाउन मिहेनत, सीप तथा समय धेरै लाग्ने तर पारश्रमिक कम पाउने हुनाले कालीगढहरू पेसाबाट पलायन भएको पाइएको छ । उनीहरूमध्ये कतिपय वैदेशिक रोजगारीमा जान थालेपछि कालीगढको अभाव हुन थालेको पाटन औद्योगिक क्षेत्रस्थित एमएम मेटल क्राफ्टका सञ्चालक मञ्जिल ताम्राकार बताउँछन् ।

एक दुई महिनाको तालिमले मात्र कसैले पनि धातुको सामान बनाउन नसक्ने ताम्राकारको भनाइ छ ।

वैधानिक रूपमा उद्योग खोलेर काम गर्नेभन्दा पनि घरघरमा तामाका सामान बनाउनेहरूको संख्या धेरै भएको पाइएको छ । जसका कारण तामाबाट निर्मित सामानको अपूर्ति तथा लगानी र फाइदाबारे यकिन जानकारी कसैसँग नभएको व्यवसायीहरू बताउँछन् ।

अंक ३८, २०६७, जेठ १०–१६

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्