ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्ट्यान्डर्ड चार्टर्डमा आइफोनले ब्ल्याकबेरी लखेट्ने

२०७७ फागुन, ३  
१० वर्ष अघि
NA

स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्नो ब्ल्याकबेरी प्रयोगकर्ता कर्मचारीहरूलाई आइफोन प्रयोग गर्न सक्ने विकल्प दिएको छ । हालसालै बेलायती बैंक स्ट्यान्डर्ड चार्टर्डले आफ्न संस्थागत सञ्चार उपकरणका रूपमा प्रयोग गरिरहेका ब्ल्याकबेरीलाई आइफोनले विस्थापन गरेको हो ।

यसलाई बैंकिङ क्षेत्रमा नयाँ प्रयोगका रूपमा लिइएको छ । किनभने यसको कारणले गर्दा आउँदा दिनहरूमा अरू हजारौं बैंकहरूले पनि आफ्नो व्यापारिक सञ्चार उपकरणमा ब्ल्याकबेरी उपकरण प्रयोग गर्ने सम्भावना बढेर गएको छ । एसियाका स्ट्यान्डर्ड चार्टर्डसँग सम्बद्ध बैंकर्सले भनेका छन्, लन्डनमा रहेको सो बैंकले आफ्ना संस्थागत ब्ल्याकबेरी प्रयोगकर्ताहरूलाई आइफोन पनि प्रयोग गर्न सक्ने अनुमति दिएको छ । यसका साथै, बैंक व्यवसायसँग सम्बन्धित प्रयोजनका लािग आइफोनबाट गरिने फोन तथा डाटा सर्भिसको बिल मासिक रूपमा तिर्न पनि मन्जुर गरेको छ । यो बैंक थोक तथा खुद्रा उपभोक्ता बैंकिङको लागि विश्वभरि प्रख्यात छ । सिंगापुरको स्ट्यान्डर्ड चार्टर्ड बैंककी प्रवक्तालाई उद्धृत गर्दै बेलायती समाचार संस्थाा रोयटर्सले बताएको छ ।ब्ल्याकबेरीबाट आइफोनमा संस्थागत इमेल आदानप्रदान गर्ने प्रक्रिया करिब एक महिना अगाडिबाट नै सुरु भएका उनले बताइन् । तर उनले एसियाली बैंकहरूमा कार्यरत ७५ हजार कर्मचारीहरूले यो सुविधा प्रयोग गर्न र पूर्ण रूपमा ब्ल्याकबेरी प्रतिस्थापत हुन कति समय लाग्छ भन्ने कुरा जानकारी नभएको बताइन् ।

अंक ३८, २०६७, जेठ १०–१६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्