ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो घण्टामा ६६.९२ अंकले बढ्यो नेप्से, २ ओटा लघुवित्तको मूल्य १०% ले वृद्धि (१२ बजेको अपडेट) 

२०७७ फागुन, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ३, काठमाडौं । सोमवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ६६ दशमलव ९२ अंकले बढेर २ हजार ५६० दशमलव ५१ विन्दुमा पुगेको छ ।   
    
२ हजार ५१७ दशमलव ४६ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २ दशमलव ६८ प्रतिशतले बढेको हो । 

कारोबारको पहिलो घण्टामा आरएसडीसी लघुवित्त र ग्रामीण विकास लघुवित्तको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, आरम्भ चौतारी लघुवित्त, सारथी लघुवित्त र समीट लघुवित्तको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशतले बढेको छ । 

पहिलो घण्टाको अवधिमा १९० ओटा कम्पनीको १७ हजार ६२५ पटकको कारोबारमा ४१ लाख ११ हजार ७४७ कित्ता शेयरको रू. ३ अर्ब ९ करोड ९५ लाख बराबरको खरीदविक्री भएको छ ।

यस अवधिसम्म निर्धन उत्थान लघुवित्तको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ५९ करोड ६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ५४२ मा कारोबार भइरहेको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये लघुवित्त समूहको परिसूचक सर्वाधिक ६ दशमलव ४१ प्रतिशतले बढेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्